सोविता गौतमको आक्रोश- टालटुले समिति बनाएर सरकार झेली खेल खेल्दैछ | Khabarhub Khabarhub

सोविता गौतमको आक्रोश- टालटुले समिति बनाएर सरकार झेली खेल खेल्दैछ


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले भिजिट भिसाको दुरुपयोग गरी भइरहेको मानव तस्करीका घटनाप्रति सरकारको दृष्टिकोणप्रति तीव्र असन्तुष्टि जनाएकी छिन्।

‘हामी निरन्तर भिजिट भिसाको दुरुपयोग गरी मानव तस्करी गर्ने, गराउने निकृष्ट कार्यका विरुद्ध संसद्‌मा उच्चस्तरीय छानबिन आयोग वा संसदीय छानबिन समिति बनाउन माग गरिरहेका छौँ, तर सरकारले सुनेको छैन’, उनले भनिन् ।

गौतमले यस्ता गम्भीर विषयमा सरकारकै मातहतका कनिष्ठ कर्मचारीहरू सम्मिलित टालटुले समिति बनाएर झेली खेल खेल्ने काम भइरहेको आरोप लगाइन्।

सांसद गौतमले संसद्मा उठाएका गम्भीर प्रश्नहरूलाई बेवास्ता गरिनुलाई आपत्तिजनक भनेकी छन् । उनले छानबिन माग गर्दै भइरहेको आन्दोलन र संसद्‌ बहिष्कार जस्तो विषयलाई समेत माग सम्बोधन नहुनु चिन्ताजनक भएको बताइन्।

‘हामी गइसकेपछि प्रधानमन्त्रीको सचिवालयबाट चुनौती आएको रहेछ,’ उनले भनिन्, ‘केही माननीयहरूले ‘बतासे’, ‘केटाकेटी’ जस्ता अपमानजनक टिप्पणी पनि गर्न भ्याउनुभयो।’

उनले मंगलबार बसेको संसद् बैठकमै दिएको अभिव्यक्तिबारे पनि थप स्पष्ट पार्न खोजिन् ।

‘मैले कहीँ पनि स्पेनको कार्यक्रममा प्रधानमन्त्रीसँग गएका मानिसहरू फर्किएनन् भनेको छैन’, उनले भनिन्, ‘मैले भनेको वाक्य यति मात्र हो- स्वयम् प्रधानमन्त्री जानुभएको स्पेनको कार्यक्रममा समेत केही मानिसहरू त्यसको बहानामा पुगेर नफर्किएको भन्ने लगायत समाचारहरू आइरहेका छन्।’

गौतमले आफू र पार्टी जिम्मेवार रहेको उल्लेख गर्दै यस्ता विषयमा गम्भीर भएर सत्यतथ्य छानबिन गर्न सरकारसँग फेरि आग्रह गरेकी छन्।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  १ : ४३ बजे

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति करिब ६० प्रतिशत

पाल्पा – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम

हमासले युद्धविराम प्रस्ताव स्वीकारेपछि इजरायलद्वारा सबै बन्धकलाई रिहा गर्न माग

एजेन्सी – इजरायलका एक वरिष्ठ अधिकारीले हमासले युद्धविरामको नयाँ प्रस्ताव

आठ महिनामा जापानीज इन्सेफलाइटिस्‌बाट ६३ सङ्क्रमित, ११ जनाको मृत्यु

काठमाडौँ – जापानीज इन्सेफलाइटिस्‌बाट सन् २०२५ को हालसम्म ११ जनाको

काभ्रेको भुम्लुका दुई वडामा लालपूर्जा बाँड्न सुरु

काभ्रे –५० वर्षदेखि आफ्नो जग्गाको लालपूर्जाको प्रतिक्षामा रहेका काभ्रेको भुम्लु

एक वर्षमा मारिए ३८३ सहायताकर्मी, अन्तर्राष्ट्रिय उदासीनता ‘लज्जास्पद’

एजेन्सी – सन् २०२४ मा ३८३ जना सहायताकर्मीको मृत्यु भएको