कुनै ठूलो विद्युत् परियोजनालाई ‘डेडिकेटेड’ गरेर मल कारखाना स्थापना गरौँ : एनपी साउद  « Khabarhub

कुनै ठूलो विद्युत् परियोजनालाई ‘डेडिकेटेड’ गरेर मल कारखाना स्थापना गरौँ : एनपी साउद 


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


525
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद एनपी साउदले कुनै एउटा ठूलो विद्युत् परियोजनालाई रासायनिक मल कारखानाको स्थापनामा जोड्न सके आन्तरिक खपत र निर्यात प्रवर्द्धन गर्न सकिने उपाय सुझाएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा उनले कुनै ठूलो विद्युत् परियोजनालाई ‘डेडिकेटेड’ (समर्पित) गरेर मल कारखानाको स्थापना गर्न सके सस्तोमा रासायनिक मलको उत्पादन गरेर आन्तरिक खपत र निर्यात प्रवर्द्धन गर्न सकिने बताएका हुन् ।      

‘दीर्घकालीन रूपमा विद्युत् निर्यातभन्दा कुनै ठूलो विद्युत् परियोजनालाई ‘डेडिकेटेड’ (समर्पित) गरेर मल कारखानाको स्थापनाबाट सस्तोमा रासायनिक मलको उत्पादन गरेर आन्तरिक खपत र बाह्य निर्यात प्रवर्द्धन गर्न सकिन्छ, सांसद साउदले भने ।   

उनले सरकारलाई कृषकका समस्याप्रति संवेदनशील भएर तत्कालै आवश्यक मात्रामा मलखाद आपूर्ति गर्न र आपूर्ति चक्रलाई नियमित रूपमा व्यवस्थित र दिगो बनाउन पनि आग्रह गरे । 

‘सरकारले कृषकहरूका समस्याप्रति संवेदनशील भएर तत्कालै आवश्यक मात्रामा मलखाद उपलब्ध गराएर आपूर्ति चक्रलाई नियमित व्यवस्थित र दिगो बनाउन क्रियाशील होस् भन्ने आग्रह गर्दछु,’ साउदले भने ।  

उनले जेठ महिनामै रोपाइँ सुरु हुने कञ्चनपुरलगायतका जिल्लाहरूमा समयमा रासायनिक मल उपलब्ध गराउन नसकिएको गुनासो गरे । कृषकको लगानी, परिश्रम र आशामा तुषारापात भए वर्ष भरीकै खाद्य सुरक्षाको आधार र संवैधानिक प्रत्याभूति जोखिममा पर्ने साउदको भनाइ थियो ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  १ : ५२ बजे

भदौ २३ को एक वर्ष : सत्ता बदलियो, राज्य

आज भदौ २३। ठीक एक वर्षअघि यही दिन काठमाडौँका सडक

जेन-जी आन्दोलनको एक वर्ष : के छ आगजनीमा ध्वस्त संरचनाको अवस्था ?

काठमाडौं– दुई दिनमा सरकार नै ढाल्ने गरी नेपालमा भएको जेन–जी आन्दोलनको

सन्दीपले चार र शेरले तीन विकट लिएको खेलमा नेपाललाई हङङकले दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत समूह

गुमेको दृष्टि फर्किँदा…

कपिलवस्तु– लामो समयदेखि दृष्टि गुमाएका महाराजगन्ज नगरपालिका–११ चौहठ्ठाका थानेदार चौधरीले

हार नमानेको भाटभटेनी, एक वर्षमै फर्कियो पुरानै लयमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनमा प्रदर्शनकारीको प्रमुख निशानामा परेको व्यावसायिक प्रतिष्ठान भाटभटेनी सुपरमार्केट