कुनै ठूलो विद्युत् परियोजनालाई ‘डेडिकेटेड’ गरेर मल कारखाना स्थापना गरौँ : एनपी साउद  « Khabarhub

कुनै ठूलो विद्युत् परियोजनालाई ‘डेडिकेटेड’ गरेर मल कारखाना स्थापना गरौँ : एनपी साउद 


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


525
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद एनपी साउदले कुनै एउटा ठूलो विद्युत् परियोजनालाई रासायनिक मल कारखानाको स्थापनामा जोड्न सके आन्तरिक खपत र निर्यात प्रवर्द्धन गर्न सकिने उपाय सुझाएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा उनले कुनै ठूलो विद्युत् परियोजनालाई ‘डेडिकेटेड’ (समर्पित) गरेर मल कारखानाको स्थापना गर्न सके सस्तोमा रासायनिक मलको उत्पादन गरेर आन्तरिक खपत र निर्यात प्रवर्द्धन गर्न सकिने बताएका हुन् ।      

‘दीर्घकालीन रूपमा विद्युत् निर्यातभन्दा कुनै ठूलो विद्युत् परियोजनालाई ‘डेडिकेटेड’ (समर्पित) गरेर मल कारखानाको स्थापनाबाट सस्तोमा रासायनिक मलको उत्पादन गरेर आन्तरिक खपत र बाह्य निर्यात प्रवर्द्धन गर्न सकिन्छ, सांसद साउदले भने ।   

उनले सरकारलाई कृषकका समस्याप्रति संवेदनशील भएर तत्कालै आवश्यक मात्रामा मलखाद आपूर्ति गर्न र आपूर्ति चक्रलाई नियमित रूपमा व्यवस्थित र दिगो बनाउन पनि आग्रह गरे । 

‘सरकारले कृषकहरूका समस्याप्रति संवेदनशील भएर तत्कालै आवश्यक मात्रामा मलखाद उपलब्ध गराएर आपूर्ति चक्रलाई नियमित व्यवस्थित र दिगो बनाउन क्रियाशील होस् भन्ने आग्रह गर्दछु,’ साउदले भने ।  

उनले जेठ महिनामै रोपाइँ सुरु हुने कञ्चनपुरलगायतका जिल्लाहरूमा समयमा रासायनिक मल उपलब्ध गराउन नसकिएको गुनासो गरे । कृषकको लगानी, परिश्रम र आशामा तुषारापात भए वर्ष भरीकै खाद्य सुरक्षाको आधार र संवैधानिक प्रत्याभूति जोखिममा पर्ने साउदको भनाइ थियो ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  १ : ५२ बजे

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले