षडानन्द १२–तुर्के पुल–फाली दोबाटो सडक कालोपत्र अन्तिम चरणमा « Khabarhub

षडानन्द १२–तुर्के पुल–फाली दोबाटो सडक कालोपत्र अन्तिम चरणमा


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

भोजपुर– यहाँको षडानन्द १२–तुर्के पुल–साम्पाङ–फाली दोवाटो सडक कालोपत्रको काम ८५ प्रतिशत सम्पन्न भएको छ । कोशी प्रदेश सरकारको भ्याटसहित रु ५१ करोड ६२ लाख लागतमा यो सडक कालोपत्र थालिएको हो । 

 यो सडकको वित्तीय प्रगति ८२ प्रतिशत र भौतिक प्रगति करिब ८५ प्रतिशत रहेको पूर्वाधार विकास कार्यालय भोजपुर प्रमुख राजनराज रेड्डीले जानकारी दिए ।

‘यो सडक अस्फाल्ड प्रविधिबाट कालोपत्र भइरहेको छ’, प्रमुख रेड्डीले भने, ‘हालसम्म करिब ८५ प्रतिशत कालोपत्र सम्पन्न भएको अवस्था छ । यो सडकलाई निर्धारित समयमा सम्पन्न गर्ने हाम्रो लक्ष्य छ ।’ 

सम्पूर्ण ढाँचाको काम सम्पन्न भएर कालोपत्रको काम भइरहेको उनको भनाइ छ । कूल २० किलोमिटरमध्ये ११ किलोमिटर सडक कालोपत्र सम्पन्न भएको कार्यालयको भनाइ छ । 

यो सडक कालोपत्र भएपछि उत्तरी क्षेत्रका नागरिकलाई सहजता हुने षडानन्द नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदासले बताए। सडकलाई निर्धारित समयमा गुणस्तरीय ढङ्गले सम्पन्न गराउन नगरले आवश्यक भूमिका खेलिरहेको उनको भनाइ छ ।

‘षडानन्द १२–तुर्के पुल–साम्पाङ–फाली दोबाटो सडक कालोपत्रको काम तीव्रगतिमा भइरहेको छ’, प्रमुख उदासले भने, ‘यो उत्तरी क्षेत्रको एक महत्वपूर्ण सडक हो । यसलाई गुणस्तरीय ढङ्गले समयमा सम्पन्न गराउन नगरले आवश्यक सहयोग गर्दै आएको छ ।’

आस्फाल्ड प्रविधिमा कालेपत्र भइरहेको सडकको गुणस्तरमा विषेश ध्यान दिइएको कार्यालयका इञ्जिनियर प्रशराम शाहले बताए। निर्माण कम्पनीले इञ्जिनियरको प्रत्यक्ष निगरानीमा कालोपत्रको गरिरहेको कार्यालयको भनाइ छ । सामग्रीको ल्याब परीक्षणपछि मात्र  प्रयोगको लागि अनुमति दिइएको इञ्जिनियर शाहको भनाइ छ ।

षडानन्द १२–तुर्के पुल– साम्पाङ–फाली दोबाटो सडक कालोपत्र हुन थालेपछि उत्तरी क्षेत्रका नागरिक उत्साहित भएका छन् । यो सडकले उत्तरी क्षेत्रमा पर्ने षडानन्द र साल्पासिलिछो गाउँपालिकाका स्थानीयवासीलाई राहत मिल्ने वडाध्यक्ष पेमदोर्ची शेर्पाले बताए। सडक कालोपत्र भएपछि आवतजावतसँगै यहाँका कृषिउपजका लागि बजारीकरणसमेत टेवा पुग्ने उनको भनाइ छ । 

यो सडक कोशी प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री शेरधन राईको पालनमा निर्माण सुरु गरिएको वडाध्यक्ष शेर्पाले जानकारी दिए । कोभिडलगायत कारणले काममा बाधा पुगेको कारण काममा केही ढिलाइ भएको उनको भनाइ छ । पछिल्लो समयमा भने कालोपत्रको कामले तीव्रता पाएको उनले बताए।

सडक कालोपत्रको काम लामा, बानियाँ जेभी कम्पनीले गरिरहेको छ । विसं २०७७ मा सम्झौता भएको सडक विसं २०८२  कात्तिक महिनामा सम्पन्न गर्ने गरी निर्माण भइरहेको छ ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  २ : ३३ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर