पहिरोमा पुरिएर एक जनाको मृत्यु, एक बेपत्ता « Khabarhub

पहिरोमा पुरिएर एक जनाको मृत्यु, एक बेपत्ता


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–३ लुप्सीपारमा आज दिउँसो पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । 

लुप्सीपारका ३५ वर्षीय जगेन्द्र विकको पहिरोमा पुरिएर मृत्यु भएको हो भने निजका छोरा अन्दाजी १३ वर्षका सरोज बिक बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए । 

उनका अनुसार घर नजिकैको बारीको पाखामा घाँस काट्ने क्रममा अचानक माथिबाट पहिरो खसेर दुवैलाई पुरेको हो । 

बेपत्ताको खोजीका लागि जनप्रतिनिधि, स्थानीयवासी र इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरीक्षक सोमढास ढकालको नेतृत्वमा सुरक्षाकर्मीको टोली घटनास्थलमा खटिएको छ । 

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  २ : ३५ बजे

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति