जलवायुजन्य विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य गरौँ : मन्त्री श्रेष्ठ « Khabarhub

जलवायुजन्य विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य गरौँ : मन्त्री श्रेष्ठ


११ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलवायुजन्य विपद् न्यूनीकरणका लागि अन्तरिक्ष प्रविधि, तथ्याङ्क आदानप्रदान र क्षेत्रीय सहकार्यलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।

बुधबार थाइल्यान्डको बैंककमा आयोजित एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलनको उद्‌घाटन सत्रमा सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

उनले नेपालले पछिल्लो समय भोगेका हिमपहिरो तथा पहिरोजस्ता विपद्बाट भएको क्षति र पुनर्निर्माणको आवश्यकताबारे जानकारी गराएका थिए।

उनले लाङटाङ लिरुङमा गएको हिमपहिरो र बुढीगण्डकी क्षेत्रमा गएको पहिरोका कारण भएको जनधनको क्षति तथा निर्माणाधीन जलविद्युत् आयोजनामा परेको असरबारे सम्मेलनमा ध्यानाकर्षण गराए ।

द्रुत क्षति तथा आवश्यकता आकलनअनुसार विपद्बाट करिब २.७ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको र पुनर्निर्माणका लागि करिब ४.८ अर्ब अमेरिकी डलर आवश्यक पर्ने उनले जानकारी गराए ।

मन्त्री श्रेष्ठले सन् २०२६ देखि २०३० सम्मको तेस्रो चरणमा उपग्रहबाट प्राप्त तथ्याङ्कको आदानप्रदान, पूर्वसूचना प्रणाली र प्राविधिक सहयोगलाई सुदृढ बनाउन पनि आग्रह गरे । उनले बैंकक मन्त्रीस्तरीय घोषणापत्रको मस्यौदाको स्वागत गर्दै जलवायु तथा भू-विपद् सामना गर्न क्षेत्रीय सहकार्य आवश्यक रहेको बताए ।

हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान ०.०१ प्रतिशत मात्र रहेको उल्लेख गर्दै उनले सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जन हासिल गर्ने तथा स्वच्छ ऊर्जा प्रणालीको विकास र संरक्षण गर्ने नेपालको प्रतिबद्धता दोहोर्‍याए ।

प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार  १ : २८ बजे

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके– सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र