भिजिट भिसा प्रकरणमा रास्वपालाई गृहमन्त्रीले भने- अरूलाई नैतिकताको पाठ पढाउनुअघि आफ्नै विगत हेर | Khabarhub Khabarhub

भिजिट भिसा प्रकरणमा रास्वपालाई गृहमन्त्रीले भने- अरूलाई नैतिकताको पाठ पढाउनुअघि आफ्नै विगत हेर


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले भिजिट भिसाको दुरुपयोग गरेको आरोप लगाएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा रसुवामा गएको बाढीपहिरोसहित समसामयिक विषयमा जवाफ दिने क्रममा गृहमन्त्रीले पूर्वगृहमन्त्री लामिछानेबारे गम्भीर आरोप लगाएका हुन्।

लामिछाने भिजिट भिसामा अमेरिका गएर उतैको नागरिकता लिएर बसेको दाबी गरे । उनले भिजिट भिसामा गएको व्यक्ति उतै लुकेपछि त्यहाँको नागरिकता लिएर बसेको दाबी गरे ।

गृहमन्त्री लेखकले लामिछानेको अमेरिकी नागरिकता प्रकरणलाई स्मरण गराउँदै भने, ‘भिजिट भिसा दुरुपयोग गरेर अमेरिकी नागरिकता लिएको व्यक्तिले अरूलाई नैतिकताको पाठ नपढाए राम्रो हुन्छ।’

उक्त भनाइको पृष्ठभूमिमा रास्वपाकी सांसद सोविता गौतमले प्रधानमन्त्री सहभागी स्पेनको कार्यक्रममा कतिपय सहभागी फर्किएनन् भन्ने समाचार उल्लेख गर्दै सरकारलाई प्रश्न उठाएकी थिइन्।

त्यसप्रति प्रतिक्रिया दिँदै लेखकले भने, ‘अनुमानका आधारमा असत्यका पुलिन्दा बाँधेर केही हुँदैन। को को फर्किएन भन्ने हो भने नामसहित भनिदिनुस्, हामीलाई पनि थाहा हुन्छ।’

पूर्वगृहमन्त्री लामिछानेको भूतकालतर्फ संकेत गर्दै उनले थपे, ‘उहाँ कुनै समय भिजिटरकै रुपमा अमेरिका जानु भएको थियो रे। भिजिट भिसामा गएर त्यही देशको नागरिक भएर बस्न पाइन्छ कि पाइँदैन, त्यो सबैले बुझ्न जरुरी छ।’

प्रधानमन्त्री ओलीलाई लक्षित गरी बिनाप्रमाण आरोप लगाइएको भन्दै लेखकले सचेत गराए । ‘प्रधानमन्त्री राष्ट्रको प्रतिनिधित्व गरेर विदेश जानु भएको हो। उहाँबारे अनर्गल र असत्य कुरा गर्नु ठीक होइन’, उनले भने ।

गृहमन्त्री लेखकले रास्वपा सांसदहरूलाई नैतिकताको कुरा नसिकाउन पनि भनेका छन् । ‘नैतिकताको कुरा गर्नु छ भने, त्यो आफैँबाट सुरु गर्नु राम्रो हुन्छ। मैले उठाएको प्रश्नको जवाफ दिनुहोस्, अनि अर्को प्रश्न उठाउनुहोस्’, उनले भने ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ३ : ११ बजे

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति करिब ६० प्रतिशत

पाल्पा – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम

हमासले युद्धविराम प्रस्ताव स्वीकारेपछि इजरायलद्वारा सबै बन्धकलाई रिहा गर्न माग

एजेन्सी – इजरायलका एक वरिष्ठ अधिकारीले हमासले युद्धविरामको नयाँ प्रस्ताव

आठ महिनामा जापानीज इन्सेफलाइटिस्‌बाट ६३ सङ्क्रमित, ११ जनाको मृत्यु

काठमाडौँ – जापानीज इन्सेफलाइटिस्‌बाट सन् २०२५ को हालसम्म ११ जनाको

काभ्रेको भुम्लुका दुई वडामा लालपूर्जा बाँड्न सुरु

काभ्रे –५० वर्षदेखि आफ्नो जग्गाको लालपूर्जाको प्रतिक्षामा रहेका काभ्रेको भुम्लु

एक वर्षमा मारिए ३८३ सहायताकर्मी, अन्तर्राष्ट्रिय उदासीनता ‘लज्जास्पद’

एजेन्सी – सन् २०२४ मा ३८३ जना सहायताकर्मीको मृत्यु भएको