कृषिमन्त्रीको जवाफ- रासायनिक मलको आयात गरी कृषकलाई अनुदानमा दिन्छौँ « Khabarhub

कृषिमन्त्रीको जवाफ- रासायनिक मलको आयात गरी कृषकलाई अनुदानमा दिन्छौँ


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषिमन्त्री रामनाथ अधिकारीले रासायनिक मलको आयात गरी कृषकलाई अनुदानमा मल उपलब्ध गराउन क्रियाशील रहेको बताएका छन् ।  

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री अधिकारीले मन्त्रालयलाई उपलब्ध बजेटको सीमाभित्र रही अन्तर्राष्ट्रिय बजारबाट रासायनिक मलको आयात गरी कृषकलाई अनुदानमा मल उपलब्ध गराउन क्रियाशील रहेको बताएका हुन् ।

चालु आर्थिक वर्षको लागि मन्त्रालयलाई प्राप्त भएको बजेटबाट हालसम्म ३ लाख ८१ हजार टन मल आयात गरिसकिएको र ४ लाख २४ हजार टन बिक्री गरी सकिएको उनले जानकारी दिए । यसको अलावा ५२ हजार टन युरिया र ३० हजार टन डिएपी कलकत्ता बन्दरगाह भर्खरै आइसकेको आइपुगेको अवस्था रहेको उनले बताए ।

मन्त्री अधिकारीले जारी धान रोपाइँ सिजनका लागी मलको अभाव नहोस् भनेर मन्त्रालयले मन्त्रालयले आवश्यक व्यवस्था गरेको बताए । हाल कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनको देशभरमा रहेका डिपोहरूमा करिब ९५ हजार टन मल मौज्दात रहेको र स्थानीय तहको सिफारिसको आधारमा मल विक्रेता सहकारी संस्थाहरूलाई उपलब्ध गराइरहेको उनको भनाइ छ ।  

मन्त्री अधिकारीले मलको वितरण व्यवस्था प्रभावकारी बनाउनमा प्रदेश सरकार र स्थानीय तहको अहम् भूमिका रहेकोले मलको अत्यधिक माग हुने यस सिजनमा गैरकानुनी एवं अनधिकृत रूपमा मलको कारोबार एवं विक्री वितरण गरी कालोबजारी गर्ने कामलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिए । 

मल वितरण कार्यलाई सहज पारदर्शी र प्रभावकारी बनाउने दिशामा आवश्यक सहयोग तथा सहजीकरण गर्न समेत उनले अपिल गरे । 

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ३ : ४८ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको