दुई दिनको गिरावटपछि २२ अंकले बढ्यो नेप्से, बैंकिङ समूहमा आकर्षण  | Khabarhub Khabarhub

दुई दिनको गिरावटपछि २२ अंकले बढ्यो नेप्से, बैंकिङ समूहमा आकर्षण 


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार दोहोरो र मंगलबार झिनो अंकले शेयर बजार घटेपछि बुधबार बढेको छ । दुई दिनको करेक्सनपछि बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२.०४ अंकले बढेको छ । बजार बन्द हुँदा नेप्से ०.८२ प्रतिशतले बढेर २७०५.९० विन्दुमा पुगेको छ । 

दिनभरमा ७ अर्ब ४५ करोड १८ लाख ७७ हजार रुपैयाँ बराबरको १ करोड ५८ लाख २२ हजार ९७० कित्ता शेयर कारोबार भएको छ ।

 बुधबार १९९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ४९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनै पनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन । 

 दिनभरमा ३१६ वटा कम्पनी कारोबारमा आउँदा ६२ हजार ८८४ पटक शेयर किनबेच भएको छ । १३ समूहमध्ये फाइनान्स ०.३८ प्रतिशतले र म्युचुअल फण्ड ०.०१ प्रतिशतले बाहेक अन्य ११ वटा समूह भने बढेको छ । 

 सबैभन्दा बढी बैंकिङ समूह १.६८ प्रतिशतले बढेको छ भने सबैभन्दा कम निर्जीवन बीमा र जीवन बीमा ०.२४ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ३ : ५२ बजे

फेवातालस्थित तालाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा

कास्की– पोखराको लेकसाइडस्थित फेवातालको मध्यभागमा अवस्थित वाराही भगवती मन्दिरकाे पुनर्निर्माण

बालेनविरुद्ध सुकुम्बासी उचाल्दै दुर्गा प्रसाईं (तस्बिर)

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र

तोलामा २ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं–  स्थानीय बजारमा आइतबार सुनको मूल्य केही बढेको छ ।

प्रि ओपन सेसन : करिब साढे २ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेपाल

मेसीको दुई गोलमा इन्टर मियामीको शानदार जित

काठमाडौं – लियोनेल मेसीको शानदार प्रदर्शनमा एमएलएस कपमा इन्टर मियामीले