विशेष अदालतले पायो आईएसओ प्रमाणपत्र « Khabarhub

विशेष अदालतले पायो आईएसओ प्रमाणपत्र


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विशेष अदालतले अन्तर्राष्ट्रिय मापदण्ड आईएसओ प्रमाणपत्र पाएको छ । 

बुधबार एक कार्यक्रमको आयोजना गर्दै अदालते प्रवाह गर्दै आएको सेवाहरूको मूल्याङ्कन गरी एनएस/आईएसओ ९००१ः२०१५ प्राप्त गरेको जनाएको हो ।

विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवरले न्याय सम्पादन भन्दा पनि प्रशासनको कार्य मूल्याङ्कनका आधारमा आईएसओ प्रमाणपत्र प्राप्त भएको जानकारी दिए । 

आईएसओ प्रमाणपत्र प्राप्त गर्नु महत्त्वपूर्ण सफलता भएको भन्दै उनले आगामी दिनमा अदालतको प्रशासनलाई थप चुस्ततुरुस्त बनाउँदै अघि बढ्ने प्रतिबद्धता जनाए । अध्यक्ष कुँवरले विशेष अदालतले म्याद तामेली र फैसला कार्यान्वयनमा जोड दिएको जानकारी दिए  ।

विशेष अदालतले चालू आर्थिक वर्षको असार २५ गतेसम्म २०६ मुद्दाको लगतमध्ये १२३ वटा फर्छ्यौट भइसकेको जानकारी  गराएको छ । 

जसमा लक्ष्य अनुसारको फर्छ्यौट प्रगति ७१ दशमलव ९२ प्रतिशत रहेको अदालतका अध्यक्ष कुँवरले जानकारी दिए ।

आगामी दिनमा अदालतलाई पेपरलेस बनाउने, मुद्दा दर्ता हुनासाथ स्क्यानिङ्ग गरी डिजिटल फाइल बनाउने, कानूनको म्यादभित्र मुद्दा फर्छ्यौट कार्यलाई निरन्तरता दिने अदालतले जनाएको छ । 

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ४ : ४५ बजे

अपाङ्गता भएका व्यक्तिलाई आयआर्जनमूलक सामग्री वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार गर्न

ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ६० हजार राजस्व संकलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकैदिन दुई हजार ६६ सवारीचालकलाई सवारी नियम

विश्वलाई चीनको सन्देश : ‘विकास र ग्रामीण पुनर्जागरण नै गरिबी अन्त्यको आधार’

निङ्सिया (चीन)- उत्तरी छिमेकी चीनले विकास, गरिबी न्यूनीकरण र साझा समृद्धिलाई

सवारीसाधन दुर्घटनामा एकजनाको मृत्यु

सुनसरी– कोशी गाउँपालिका–८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति सवारीसाधन (पिकअप)

मही प्रवर्द्धन गर्दै गैँडाकोट नगरपालिका

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले स्थानीय उत्पादनको रुपमा रहेको मही