अन्तरघात आरोपमा गण्डकीका पूर्वमन्त्री खड्का कांग्रेसबाट निकालिए « Khabarhub

अन्तरघात आरोपमा गण्डकीका पूर्वमन्त्री खड्का कांग्रेसबाट निकालिए


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


708
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्कालाई पार्टीबाट निस्कासन गरेको छ । केन्द्रीय अनुशासन समितिले उनलाई १ वर्षका लागि पार्टीबाट निस्कासन गरेको हो । 

अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले महासमिति सदस्यसमेत रहेका खड्काले गत निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेका कारण निस्कासन गरिएको जानकारी दिए । 

उनले अनुशासन समितिको असार ९–१७ गतेसम्म बसेको बैठकले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन २०७९ मा पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध असहयोग गरी पराजित गराउने गलत मनसायका साथ सामाजिक सञ्जाल, अडियो-भिडियो लगायत अनेकन हत्कण्डाहरू प्रयोग गरिएका प्रमाणहरूका आधारमा कारबाही गरेको बताए ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ५ : ३२ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको