तेह्रथुममा ४९ वर्षपछि कांग्रेस जिताएका तुल्सी सुब्बालाई कारबाही « Khabarhub

तेह्रथुममा ४९ वर्षपछि कांग्रेस जिताएका तुल्सी सुब्बालाई कारबाही


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले तेह्रथुममा ४९ वर्षपछि पार्टीको चारतारे झण्डा फहराउन सफल नेतामाथि पनि कारबाही गरेको छ ।

गत निर्वाचनमा नेता–कार्यकर्तामाथि कारबाही गर्ने क्रममा कांग्रेसले तेह्रथुमका तुल्सी सुब्बालाई कारबाही गरेको हो ।

गत निर्वाचनमा विजयी सीता गुरूङलाई असहयोग गरेको आरोपमा उनलाई कांग्रेस केन्द्रीय अनुशासन समितिले एक वर्षका लागि पार्टीबाट निस्कासन गरेको छ ।

सुब्बा २०१५ को आमनिर्वाचनपछि ०६४ को संविधानसभा निर्वाचनमा तेह्रथुमबाट विजयी भएका थिए ।

यसबीचमा कांग्रेसले तेह्रथुम जहिल्यै गुमाउँदै आएको थियो । पूर्वमन्त्री सुब्बाविरुद्ध गत निर्वाचनका क्रममा सीता गुरुङलाई हराउने योजनासहित नेकपा एमालेका उम्मेदवार विजय सुब्बालाई सघाएको आरोप लागेको थियो ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ६ : १६ बजे

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

एजेन्सी– अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको चिकित्सा सामाग्री

सक्रिय बन्दै गण्डकीका न्यायिक समिति : अधिकांश मुद्दा मेलमिलापमै टुङ्गिए

गलकोट– गण्डकी प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहका न्यायिक समिति

नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३२ स्थित सडकमा बा ८९ प ६३६५ नम्बरको

उच्चस्तरीय राजनीतिक वार्ता समिति पुग्यो कांग्रेस कार्यालय (तस्बिरहरू)

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिद्वारा नेपाली कांग्रेसको पार्टी कार्यालयको