नेपाली जनप्रगतिशील मञ्च नर्वेको अध्यक्षमा चापागाईँ « Khabarhub

नेपाली जनप्रगतिशील मञ्च नर्वेको अध्यक्षमा चापागाईँ


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली जनप्रगतिशिल मञ्च नर्वेको अध्यक्षमा डिलाराम चापागाईँ निर्वाचित भएका छन् । मंगलबार राजधानी ओस्लोमा सम्पन्न पाँचौ अधिवेशनबाट उपाध्यक्षमा सुभाष पुन र लक्ष्मण अर्याल, सचिवमा अमृत परियार र कोषाध्यक्षमा डा। सञ्जय अर्याल चयन भएका छन् ।

कार्यसमिति सदस्यहरूमा सुमन लामा, मिना पाण्डे तिमल्सिना, महेन्द्र थापा, अमरराज पन्त, सुभाष तिमल्सिना र सुरेन्द्र केसी चयन भएका छन्।

कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका पश्चिम अन्तर महादेशीय प्रदेश संयोजक उदयराज गौतम ले गैरआवासीय नेपालीहरूको मुद्दाका विषयमा सबै प्रवासी नेपाली एकतावद्ध भएर अघि बढ्नुपर्ने बताए।

गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद नर्वेका अध्यक्ष विष्णु गौतमले नागरिकता सम्बन्धी ऐनमा संविधानले प्रदत्त गरेका हक अधिकार सुनिश्चितता हुनुपर्नेमा जोड दिए।

जनप्रगतिशील मञ्च युरोपका पूर्व अध्यक्ष डा। कृष्ण अर्यालले देशका तमाम विकृति विसंगति तथा भ्रष्टाचारको अन्त्य हुनुपर्ने र युवाहरूलाई स्वदेशमा नै रोजगारी सिर्जना हुनुपर्ने बताए।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ६ : १५ बजे

पोखरा विश्वविद्यालयका चार संकायमा डिन नियुक्तिका लागि आवेदन आह्वान

पोखरा – पोखरा विश्वविद्यालयले चारवटै संकायमा खुला प्रतिस्पर्धाका आधारमा डिन

कान्ति राजमार्गको एकतर्फी नियम हटाइयो

हेटौँडा – हेटौँडाबाट काठमाडौँ जोड्ने त्रिभुवन राजपथ (बाइरोड) र कान्ति

‘बुद्ध-परिपथ’ निर्माण सुरु: काभ्रेका पनौती, नमोबुद्ध र तेमाल जोडिँदै

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दक्षिण-पूर्वी भेगका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई

के आफ्नै सरकारलाई घेर्न रविले मान्छे उतारेका हुन् ?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले संसद्‍देखि सामाजिक सञ्जालमासमेत दुई धार

मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालन

काठमाडाैँ – मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत १५ किलोमा खसेको लेदो पन्छाएपछि सडक