‘फूलको मोहले बनायो उद्यमी’ « Khabarhub

‘फूलको मोहले बनायो उद्यमी’


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

खोटाङ – फूल कसलाई मन नपर्ला र ? केटाकेटी होस् या वृद्धवृद्धा जोकोहीलाई मनपर्छ । यहाँको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारकी सविना राई कसजू पनि फूलको सौखिन थिइन् ।

घर आँगन सजाउने रहरले एउटा, दुईवटा बोट रोप्दारोप्दै घर आसपास फूलले ढाक्यो । अन्ततः त्यही सौख व्यवसायमा परिणत भयो । दुईवर्ष अघि उनले ‘सहयोगी पुष्प नर्सरी’ नै दर्ता गरिन् । “यही व्यवसाय गर्छु भनेर सोचेकै थिइँन”, उनले भनिन्, “फूल रोप्दारोप्दै व्यवसाय गर्नुपर्ला कि भन्ने सोच आएर नर्सरी व्यवसाय दर्ता गरेकी हुँ ।”

उनको नर्सरीमा हाल १०० बढी प्रजातिका फूलका बिरुवा छन् । प्रति बिरुवा रु १५० देखि रु दुई हजार ५०० सम्मका फूलका बिरुवा उनको नर्सरीमा पाइन्छ । बगनबेली, लालुपाते, बेगुनिया, एजेलिया, गोदाबारी, पिटोनिया, भर्विना, ग्लाग्सोनिया, सिजेनियम, लिलियम, यन्थोरियम, डेन्थस, गजनिया, जर्भेरा, क्रिसमस ट्री, गोलक्रस, साइकस, सल्फेरा, सिपोटियम, स्नोह्वाइट, चाईना डललगायत प्रजातिका फूलका बिरुवा नर्सरीमा ढकमक्क छन् ।

उत्पादन भएकामध्ये सबैभन्दा बढी बगनबेली, लालुपाते, बेगुनिया र एजेलिया प्रजातिका फूलका बिरुवा बिक्री हुने गरेको उनले बताइन् । ग्राहकको माग बढ्दै गएपछि रु चार लाख लगानीमा सुरु गरेको पुष्प व्यवसाय यस वर्षदेखि थप विस्तार गर्ने तयारीमा छिन् ।

आम्दानीसमेत दिन थालेपछि व्यवसाय थप विस्तार गर्ने तयारीमा रहेको उनले बताइन्। “मलाई फूलसँग खेल्न रमाईलो लाग्छ । धेरैजसो समय फूलको बगानमै हुन्छु । रहरै रहरमा सुरु गरिएको फूल खेतीले आम्दानीसमेत दिन थालेको छ, पछिल्लो समय फूलका बिरुवा खरिद गर्न ग्राहकहरु दैनिक आउन थालेका छन् । यसले मलाई व्यवसायिक बन्न प्रेरणा मिलेको छ”, उनले भनिन् ।

तीनवटा प्लाष्टिक टनेल बनाएर व्यावसायिक फूल खेती सुरु गरेकी सविनालाई उनका श्रीमान इन्द्र कसजूले सहयोग गर्दै आएका छन् । फूलका बिरुवा खरिद गर्ने ग्राहक जिल्लाभित्र र बाहिरका समेत छन् । आधिकारिक रुपमा फर्म दर्ता गरेर फूलको बिरुवा उत्पादन गरेर बिक्री गर्नेगरी व्यवसायिक खेती सुरु गरेको पहिलो वर्षबाटै नर्सरीले आम्दानी दिन थालेको सविनाले बताइन् । हाल उनले वार्षिक खर्च कटाएर रु एक लाख जति बचत गर्न थालेका छन् । विस्तारै आम्दानी वृद्धि हुने अनुमान उनको छ ।

दुई वर्षअघि इलाम र पाँचथरबाट खरिद गरेर ल्याइएका फूलका बिरुवालाई मूल बोटको रुपमा विकास गर्दै बिरुवा उत्पादन गरेर बिक्री गर्न थालेकी थिइन् । केही समययता जिल्लामा हुने विभिन्न कार्यक्रममा उहाँकै नर्सरीमा उत्पादित फूलको प्रयोग गर्ने गरिएको छ । सदरमुकाम दिक्तेल बजारमै पक्की घरहरु धमाधम बनिरहेकाले घरहरुमा सजाउन पनि स्थानीयले फूलका बिरुवा खरिद गर्नेक्रम बढ्दै गएको छ । नर्सरीको आम्दानीले छोराको पढाइ तथा घर खर्च टार्ने गरेको सविनाले बताइन् ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ९ : १६ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई