अर्को साता ट्रम्प र पुटिनको भेटवार्ता: युक्रेन युद्ध अन्त्यको विषयमा छलफल हुने « Khabarhub

अर्को साता ट्रम्प र पुटिनको भेटवार्ता: युक्रेन युद्ध अन्त्यको विषयमा छलफल हुने


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनबीच अर्को साता भेटवार्ता हुने भएको छ।

१५ अगस्ट शुक्रबारका दिन अलास्कामा हुने सो भेटमा युक्रेन युद्ध अन्त्यको विषयमा छलफल हुनेछ। अमेरिकी राष्ट्रपतिले युद्ध रोक्न रुसलाई दबाब दिएपछि यो वार्ताको मिति तय भएको हो।

यसअघि नै ट्रम्पले धेरै विषयमा सहमतिको नजिक पुगेका कारण वार्ता सकारात्मक हुने बताएका छन्।

अहिले वार्ताको स्थान तय गरिएको अलस्कामा नै सन् २०२१ मा राष्ट्रपति जो वाइडेनले आफ्ना चिनियाँ समकक्षीलाई बोलाएर वार्ता गरेका थिए।

ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएपछि १२ फेब्रुअरीका दिन पुटिनसँग फोन वार्ता भएको थियो। १८ फेब्रुअरीमा अमेरिकी विदेशमन्त्री मार्क रुबियो र रुसी विदेशमन्त्री सर्जी लाबरोभ बीचमा वार्ता भएको थियो। १८ मार्चका दिन पुटिन र ट्रम्पबीच फोन वार्ता भएको थियो।

११ अप्रिलका दिन अमेरिकी दूत स्टिभ विटकोफले पुटिनसँग भेट गरेका थिए। १५ मेका दिन अमेरिकी कूटनीतिज्ञले युक्रेनी र रुसी प्रतिनिधिमण्डलसँग भेट गरेका थिए। ६ अगस्टका दिन रुसी तेल खरिद गरेका कारण अमेरिकाले भारतीय सामानमा थप २५ प्रतिशत करको निर्णय गरेको थियो।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ५ : ३९ बजे

वर्षासँगै नौ सडकखण्ड अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौं– लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका नौ सडकखण्ड पहिरो,

मतदातालाई गृहमन्त्री गुरुङको जवाफ, ‘कायापलट गर्न सक्दिनँ, बरू भोट फिर्ता लैजानुस्’

गोरखा- गोरखाको शहीद लखन गाउँपालिका-९ का मतदाताले चुनावका क्रममा गरेका

नक्साल नागपोखरीमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं– श्रावण शुक्ल पञ्चमीका दिन आज नाग पञ्चमी पर्व मनाइँदै

‘रिटर्नी’ उद्यमीको सीप र पुँजी नेपालको आर्थिक विकासको आधार बन्नसक्छ

काठमाडौं-नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरियामा विभिन्न

थालाछें नागपोखरीमा नागपूजा

भक्तपुर– थालाछें नागपोखरीमा आज बिहानैदेखि नाग पूजा गर्न भक्तजनहरुको भीड लागेको