आर्मेनिया–अजरबैजानकाे ३७ वर्षे युद्ध अन्त्य, ट्रम्पले गराए सहमति, विवादित भूमिमा ‘ट्रम्प रुट’ बन्ने « Khabarhub

आर्मेनिया–अजरबैजानकाे ३७ वर्षे युद्ध अन्त्य, ट्रम्पले गराए सहमति, विवादित भूमिमा ‘ट्रम्प रुट’ बन्ने


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


546
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपतिको कार्यालय व्हाइट हाउसमा आर्मेनिया र अजरबैजानका नेताहरूले शान्ति सम्झौतामा हस्ताक्षर गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा आर्मेनिया र अजरबैजानबीचको ३७ वर्ष पुरानो युद्ध अन्त्य गर्ने सहमति भएको हो । सम्झौताअनुसार विवादित क्षेत्रमा एउटा ट्रान्जिट कोरिडोर निर्माण गरिनेछ ।

उक्त करिडोरलाई ‘ट्रम्प रुट फर इन्टरनेशनल पीस एन्ड प्रोसपेरिटी’ नाम दिइनेछ । यो कोरिडोरले अजरबैजानलाई उसको नखचिभान एन्क्लेभसँग जोड्नेछ, जसको मार्ग आर्मेनियाबाट हुँदै सुरू हुनेछ ।

दुवै मुलुकका नेताहरूले ट्रम्प र उनको टोलीलाई श्रेय दिँदै अमेरिकी राष्ट्रपतिको नाम नोबेल शान्ति पुरस्कारको लागि सिफारिस गर्नुपर्ने बताएका छन् । ट्रम्पले यसअघि पनि विश्वका अन्य ६ ठूला संघर्षहरू रोकाएको दाबी गरेका छन्।

ट्रम्प रुटमा तेल–ग्यास पाइपलाइन बिछ्याइने
ट्रम्प प्रशासनले यस वर्षको सुरुवातमा दुवै देशसँग वार्ता सुरु गरेको थियो । सम्झौता भएपछि अर्को हप्तादेखि ट्रम्प रुटमा रेलमार्ग, तेल–ग्यास पाइपलाइन र फाइबर अप्टिक लाइन विकास गर्नेबारे छलफल सुरु हुनेछ ।

यसका अतिरिक्त, ऊर्जा, प्रविधि र अर्थतन्त्रमा अमेरिकासँग सहकार्य बढाउने छुट्टाछुट्टै सम्झौताहरू पनि भएका छन् ।

आर्मेनिया र अजरबैजानले ओएससीई मिन्स्क समूहलाई विघटन गर्न माग गर्दै एउटा संयुक्त पत्रमा हस्ताक्षर गरेका छन्। यो समूह ले१९९० दशकदेखि रूस, फ्रान्स र अमेरिकाको नेतृत्वमा यस विवादमा मध्यस्थता गर्दै आएको थियो ।

ट्रम्पले के भने ?
सम्झौताअघि ट्रम्पले यो दिनलाई आर्मेनिया, अजरबैजान, अमेरिका र सम्पूर्ण विश्वका लागि ऐतिहासिक भने । यो सम्झौताले दक्षिण काकेशस क्षेत्रमा रहेका सबै सम्भावनाहरू खोल्ने उनले बताए ।

आर्मेनिया–अजरबैजान विवाद
सन् १९२० को दशकमा सोभियत संघले आर्मेनिया र अजरबैजानलाई आफ्नो नियन्त्रणमा लिएको थियो ।

सन् १९८० को दशकको अन्त्यतिर सोभियत शासन कमजोर बन्दै जाँदा १९८८ मा नागोर्नो–काराबाख संसद्ले आर्मेनियासँग एकीकृत हुने निर्णय गर्‍यो ।

यसपछि त्यहाँ बसोबास गर्ने अजरबैजानीहरू असन्तुष्ट भए । १९९१ सम्म आइपुग्दा हिंसक झडपहरू तीव्र भए ।

आर्मेनियनबासी ईसाई हुन् भने अजरबैजानीहरू टर्की मूलका मुस्लिम हुन् । धार्मिक र सांस्कृतिक भिन्नताले दुवै पक्षबीच अविश्वास र द्वन्द्वलाई बढाएको हो ।

दुवै पक्षले एकअर्काको सांस्कृतिक सम्पदा, मस्जिद र चर्चहरू नष्ट गरेको आरोप लगाउँदै आएका छन् ।

ट्रम्पको दाबीअनुसार रोकिएका संघर्ष
भारत–पाकिस्तान– सन् २०२५ मे मा ४ दिन चलेको संघर्ष रोकाएको दाबी, तर भारतद्वारा अस्वीकार ।

इजरायल–इरान– सन् २०२५ जुनमा १२ दिन चलेको युद्ध अन्त्य गराएको दाबी ।

थाइल्याण्ड–कम्बोडिया– सन् २०२५ जुलाईमा सीमा विवादका कारण ५ दिन चलेको झडप रोकाएको भनाइ ।

रूवाण्डा–कंगो– सन् २०२५ जुनमा जातीय हिंसाबीच युद्धविराम गराएको दाबी ।

सर्बिया–कोसोभो– सन् २०२५ मा जारी झडप रोकाएको दाबी ।

इजिप्ट–इथियोपिया– सन् २०२५ जुनमा नील नदीको पानी प्रयोग विवाद समाधान गरेको दाबी ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ९ : ०० बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन