महिला विरोधी गीतको आरोपमा हनी सिंह र करण औजलालाई कारबाहीको तयारी « Khabarhub

महिला विरोधी गीतको आरोपमा हनी सिंह र करण औजलालाई कारबाहीको तयारी


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पञ्जाब – चर्चित गायक हनी सिंह र करण औजला महिलाप्रति आपत्तिजनक र अपमानजनक भाषा प्रयोग गरेको आरोपमा कानुनी विवादमा तानिएका छन्।

पञ्जाब राज्य महिला आयोगले स्वतः संज्ञान लिँदै दुवै गायकलाई आदेश पत्र पठाएको छ र आगामी अगस्ट ११, २०२५ मा आयोगमा व्यक्तिगत रूपमा उपस्थित हुन निर्देशन दिएको छ।

भारतीय मिडिया अनुसार करण औजलाको हालै सार्वजनिक गरिएको गीत ‘एमएफ गभरु’ जसमा गीतका शब्द, संगीत र गायन उनी आफैले गरेका छन्, महिलाविरोधी भाषा समावेश गरेको आरोपमा विवादमा आएको हो।

उक्त गीत २०२५ अगस्ट १ मा युट्युबमा सार्वजनिक भएको थियो। संगीतकार इक्की को सहकार्यमा बनेको यस गीतको लोकप्रियता जति छ, आलोचना पनि त्यति नै तीव्र छ। महिलाको गरिमामाथि प्रहार गर्ने शब्दहरू समावेश भएको भन्दै पञ्जाब महिला आयोगले प्रहरी महानिरीक्षक (डीजीपी) लाई यस मामिलाको अनुसन्धान गर्न वरिष्ठ अधिकारी तोक्न निर्देशन दिएको छ।

त्यस्तै, चर्चित र्‍याप गायक हनी सिंह पनि यस्तै आरोपमा फसेका छन्। २०२४ मा सार्वजनिक भएको उनको एल्बम ‘ग्लोरी’ अन्तर्गतको गीत ‘मिलिनियर’ मा प्रयोग भएको भाषाका कारण उनीमाथि पनि सोहि आयोगले स्वतः संज्ञान लिएको हो। एल्बममा ‘पायल’, ‘बोनिता’, ‘जट्ट मेहकमा’ र ‘हाई अन मी’ जस्ता अन्य ट्रयाक पनि छन्, जसलाई गुलशन कुमार र टि–सिरिज ले प्रस्तुत गरेका थिए। हनी सिंहलाई पनि सोही मितिमा (अगस्ट ११, २०२५) बिहान ११:३० बजे आयोगमा उपस्थित हुन भनिएको छ।

हाल दुवै गायक विदेशमा रहेका खबरहरू आएका छन्, तर महिला आयोगले कुनै पनि कारण देखाएर अनुपस्थित हुन नपाइने स्पष्ट गर्दै अनिवार्य उपस्थितिको निर्देशन दिएको छ।

पञ्जाब राज्य महिला आयोगको यो कदमले महिलाप्रति हुने सांगीतिक अश्लीलता र अपमानजनक अभिव्यक्तिविरुद्ध सशक्त सन्देश दिएको छ। आयोगका अनुसार, यदि दोष प्रमाणित भएमा यी गीतहरूमाथि प्रतिबन्ध लाग्ने सम्भावना पनि प्रबल रहेको छ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ९ : ३२ बजे

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल यथाशीघ्र सञ्चालन गर्न माग

रुपन्देही– रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई यथाशीघ्र सञ्चालन गराउन सिद्धार्थनगर

दुई वर्ष अगाडिको मिति राखेर हर्क साम्पाङले मागे सांसद बैठकमा छुट्टी

काठमाडौँ – श्रम संस्कृति पार्टीका संसदीय दलका नेता तथा प्रतिनिधिसभा

गृहमन्त्री गुरुङले गरे विमानस्थल विपद् उद्धार गणको आकस्मिक अनुगमन

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले आगामी आर्थिक वर्ष २०८३/८४ को

वर्षाले खेल रोकिएपछि पञ्जाब र कोलकाताले अंक बाँडे, पञ्जाब शीर्ष स्थानमा

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति कोलकाता नाइट

आज प्रतिनिधि सभाको बैठक : तीन वटा विधेयक प्रस्तुत हुँदै

काठमाडौँ – सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक आज दिउँसो १