प्रधानमन्त्री ओलीबाट जनैपूर्णिमा र रक्षाबन्धनको शुभकामना « Khabarhub

प्रधानमन्त्री ओलीबाट जनैपूर्णिमा र रक्षाबन्धनको शुभकामना


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले जनैपूर्णिमा, ऋषि तर्पणी र रक्षा बन्धनको शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जाल फेसबुकमार्फत सबैलाई जनैपूर्णिमा, ऋषि तर्पणी र रक्षाबन्धनको शुभकामना व्यक्त गरेका हुन् ।

प्रधानमन्त्रीले लेखेका छन्– ‘आज श्रावण शुक्ल पूर्णिमा, यस दिन हामी तीनवटा सांस्कृतिक पर्व जनैपूर्णिमा, ऋषि तर्पणी र रक्षाबन्धन मनाउँछौँ । वर्षे बाली लगाइसकेर चिसोबाट बच्न गेँडागुडी खाने पर्वका रूपमा हाम्रा पुर्खाले यसलाई मनाउँदै आएका छन् ।’

प्रधानमन्त्री ओलीले जनैपूर्णिमालाई सत्य, शुद्धता र स्वअनुशासनको प्रतीक मानिन्छ भने रक्षाबन्धनलाई आत्मीयजनको सम्बन्धलाई अटल बनाउने पर्वका रूपमा मनाइने गरेको उल्लेख गरेका छन् । ‘प्राचीन विद्वान्हरूका ज्ञानदीपले मानव सभ्यतालाई दिएको प्रकाशको सम्मानस्वरुप ऋषि तर्पणी मनाइन्छ’, प्रधानमन्त्री ओलीले लेखेका छन् ।

आज श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारणा गरेर मनाइँदै छ ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ९ : ४८ बजे

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै पाटेबाघ

कञ्चनपुर – कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्याप्त आहारा प्रजातिको उपलब्धता

स्पिकर बजाउने तयारी गर्दै गर्दा करेन्ट लागेर १८ वर्षीय युवकको मृत्यु

बारा – बाराको फेटा गाउँपालिकामा करेन्ट लागेर १८ वर्षीय युवकको

मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यमा सहभागी हुन आह्वान

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय, धनगढीले मतदाता नामावली दर्ता

इन्डोनेसियाको राष्ट्रिय निकुञ्जमा आठ दिनदेखि डढेलो जारी

सुराबाया – जाभा टापुको एउटा राष्ट्रिय निकुञ्जमा विनाशकारी डढेलोले ५००

जेल पुगेका जेन-जी नेता सोडारीलाई राहत, १ लाख धरौटी तोक्ने जिल्लाको निर्णय बदर

काठमाडौं- सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरणको रिटमा पक्राउ परेका निवेदकहरूबाट जनही १