मिथिलामा राखी पर्वको रौनक « Khabarhub

मिथिलामा राखी पर्वको रौनक


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– साउन मध्ययता मन्दमन्द वर्षा भइरहेबीच मधेसको महोत्तरीसहितका  मिथिला क्षेत्रमा आज राखी पर्व परेको छ । साउन मध्ययता पानी पर्न थालेपछि ढिलै भए पनि धान रोपाइँ गर्न पाएका मैथिल (मिथिलाका बासिन्दा) आज खुसीसाथ राखी पर्व मनाउँदै छन् ।

चन्द्रमासको साउन पूर्णिमाका दिन मनाइने यो पर्व दाजुभाइ दिदीबहिनीबीच प्रेम र आपसी सद्भावको प्रतीक मानिन्छ । पर्वमा दिदीबहिनीले दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै दाहिने हातको नारीमा रक्षासूत्र (डोरा, धागो) बाँधिदिने परम्परा अन्तर्गत यो पर्वलाई मिथिलामा ‘राखी’ भनिन्छ । पर्वका लागि दाजुभाइ तथा दिदीबहिनीको तयारीले सम्पूर्ण मिथिला नै केही दिन पहिलेदेखि नै राखीमय बनेको छ । पर्वले आज सखारैदेखि बजारमा निक्कै चहलपहल छ ।

मुख्यतः साउन मध्ययता भइरहेको पछिल्लो बर्सातले पर्वमा हाँसीखुसी छाएको छ । ढिलै भए पनि मुख्यबाली धान रोप्दै राखी मनाउन पाइनुले यसलाई मैथिलले पर्वको सुलक्षण भएको बताएका छन् । ‘यसपालि लामो खडेरी पर्‍याे, समयमा बाली लगाउन नपाएको चिन्ता थियो, साउन शुक्लपक्षले राहत नै दियो’ जलेश्वर–४ सुगाभवानीपट्टीका धीरेन्द्र राय भन्छन्, ‘यो साउने पूर्णिमाको सुलक्षण हुनुपर्छ । यो साउन शुक्लपक्षको वर्षाले पर्व रमाइलो बनाएको रायको कथन छ । ‘खेतीपातीका काम राम्ररी नचल्दा चाडपर्व निरस हुन्छन्’ राय भन्छन्, ‘राखी पर्व पछिल्लो वर्षाले खुसीसाथ मनाउने अवसर दिएको छ ।’

राखी पर्वले केही दिन पहिलेदेखि नै बजारमा चहलपहल बढेको छ । जता हेर्‍याे रङ्गीचङ्गी ‘राखी’ सजाएर बेच्न राखिएका छन् । पसलमा आफ्ना दाजुभाइका लागि विभिन्न रङका रक्षासूत्र (राखी) किन्न केही दिन पहिलेदेखि नै यस्ता पसल अगाडि मिथिलानी (मिथिलाका नारी) को जमघट देखिँदै आएको छ । राखीसँगै पर्वमा दाजुभाइला ख्वाउन मिष्ठान्न परिकारको जोहोमा मिथिलानी छन् । यसले आज सखारैदेखि मिठाई पसलमा भीडभाड देखिएको छ ।

पर्वका लागि दिदीबहिनीको राखी बाँध्ने निम्ता मान्न टाढाटाढा बस्ने दाजुभाइ घर फर्केका छन् । मिथिलामा यो पर्व विवाह भएका दिदीबहिनीले आफ्नै घर वा माइतमा सुविधाअनुसार मनाउँछन् । अविवाहित चेलीको त दाजुभाइकै घर आफ्नो भएकाले घरमै पर्वको तयारीमा किशोरी र मैथिल नवयौवना ब्यस्त देखिँदा छन् । ससाना नानीहरूका लागि पर्वको तयारीमा घरका अभिभावकले सहयोग गर्दैछन् ।

मिथिलाका सबै क्षेत्रमा दाजुभाइ दिदीबहिनीबीच प्रेम, सद्भाव र एकअर्काप्रतिको समर्पण भाव झल्कने गीत गुञ्जिरहेका छन् । मिथिलामा यो पर्व लोकसंस्कृतिको अभिन्न अङ्ग नै बनेको छ ।

पर्वमा दिदीबहिनीले राखी बाँधिदिएर मिष्ठान्न परिकार ख्वाएपछि दाजुभाइले वस्त्रआभुषण र नगद दक्षिणा  चेलीलाइ दिने गर्दछन् । हिन्दू परम्पराको रक्षाबन्धन पर्वकै एक अङ्गका रूपमा राखी स्थापित भएको यहाँका बुद्धिजीवी बताउँछन् । रक्षाबन्धन पर्वमा गुरूपुरोहितले अभिमन्त्रित डोरा शिष्य र यजमानलाई बाँधिदिने चलन पनि मिथिलामा छ । यद्यपि पर्वको मुख्य आकर्षणचाहिँ दिदीबहिनीले बाँधीदिने राखीकै हुने गरेको एकडारा गाउँपालिकाको बगेया बस्तीका २५ वर्षीय युवा दीपक पाण्डेयको भनाइ छ ।

अघि सत्ययुगमा तीनै लोक (स्वर्ग, मत्र्य र पाताल) को अधिपति रहेका दानवराज बलिलाई उनका गुरु शुक्राचार्यले देवतासँगको युद्धमा जानअघि शास्त्रोक्त विधिले अभिमन्त्रित गरिएको डोरो (रक्षाकवच, रक्षासूत्र) बाँधिदिएको विश्वासको परम्परामा पुरोहितबाट डोरो बाँध्ने चलन छ ।

त्यसैसँग जोडिएको अर्को प्रसङ्गमा बलिका बहिनीहरू गङ्गा र यमुनाले युद्धमा जानुअघि विजयको कामना गर्दै हातमा रक्षाबन्धन (रक्षाकवच) बाँधिदिएका र सो युद्धमा बलिको जित भएको सम्झनामा प्रत्येक वर्षको साउन पूर्णिमाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै राखी बाँधी दिने परम्परा बसेको मिथिला क्षेत्रमा जनविश्वास छ । (रासस)

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  १२ : ०९ बजे

ट्रम्पमाथि उनकै दलका सांसदको निशाना : सम्झौता नै गर्नु थियो भने युद्ध किन गरेको ?

वाशिङ्टन- अमेरिकामा इरानसँग सम्भावित सम्झौतालाई लिएर राजनीतिक बहस चर्किएको छ।

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा– पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले एक लाख

कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा फिल्म ‘ऊनको स्वीटर’को वर्चस्व

काठमाडौं– तेस्रो संस्करणको कर्णाली चलचित्र महोत्सवमा फिल्म ‘ऊनको स्वीटर’ले वर्चश्व

भारतमा तापलहर (लु) बाट १६ जनाको मृत्यु

नयाँदिल्ली– दक्षिणी भारतमा यस गर्मी मौसममा ताप लहर (लु) का

तीव्र गतिका कारण हुन्छन् ५० प्रतिशत बढी दुर्घटना

काठमाडौं– वैशाख महिनामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामध्ये आधाभन्दा