उदयपुरमा लाखे जात्रा सुरु « Khabarhub

उदयपुरमा लाखे जात्रा सुरु


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

उदयपुर– यहाँ नेवार समुदायको लाखे जात्रा सुरु भएको छ । जनै अर्थात क्वाँटी पूर्णिमासँगै जिल्लाका नेवार समुदायको बाहुल्य भएका पालिकाहरूमा जात्रा सुरु भएको छ । यो जात्रा भदौ १ गते कृष्ण जन्माष्टमीका दिनसम्म मनाइने नेवा देय् दबुः चौदण्डीगढी नगरपालिकाका अध्यक्ष रमेश प्रधानले जानकारी दिए । 

त्यस्तै नेवार समुदायको भाषा, साहित्य, कला, संस्कृति, परम्परा र रीतिरिवाजको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले झीगु नेवाः पुचः, मिसा पुचः र अन्य उप–समितिहरूको संयुक्त आयोजनामा जिल्ला सदरमुकाम गाईघाट लगायतका पालिकाहरूमा समेत शनिबारबाटै लाखे जात्रा सुरु भएको झीगु नेवाः पुचः का जिल्ला सचिव गोपाल श्रेष्ठले जानकारी दिए।

भिमसेन मन्दिरमा विधिवत पूजा गरि लाखेमा प्रयोग हुने ढोल, झ्याम्टा, मुकुन्डो, लाखेले लगाउने कपडा लगायतका सामग्रीको पूजा गरि जात्रा सुरु गरिएको हो ।

द्वापर युगमा भगवान श्रीकृष्ण र मामा कंशबीचको लडाईँका सम्झना सहित विभिन्न गतिविधि गर्दै नेवार समुदायको बसोबास भएको क्षेत्रमा लाखे जात्रा घुमाउने चलन रहेको किशोर ताम्राकारले बताए । 

जनै अर्थात क्वाँटी पूर्णिमासँगै सुरु भएको लाखे जात्रा कृष्ण जन्माष्टमीका दिन रथ यात्रा सहित नगर परिक्रमासँगै समापन गरिने बताइएको छ ।

सदरमुकाम गाईघाटमा भने साउन ३१ गते नगर भित्रका सबै लाखेहरुको जम्मा गरि वृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको समेत आयोजक झीगु नेवाः पुचःले जनाएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ३ : ०१ बजे

नोटबन्दी गर्ने रास्वपा सांसद्को प्रस्तावमा नेकपा सांसदको समर्थन

काठमाडौं– प्रतिनिधिसभा बैठकमा नोटबन्दी गर्नुपर्ने विषय उठेको छ । राष्ट्रिय स्वतन्त्र

भोटेकोशी बाढी : ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान

काठमाडौं– भोटेकोशी र त्रिशूली बाढीबाट क्षति भएका जलविद्युत् आयोजना पुनःनिर्माणमा

सेयर बजारमा गिरावट, कतिले घट्यो नेप्से ?

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ४

आणविक निशस्त्रीकरणका लागि वार्तामा फर्कन गुटेरेसको आह्वान

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आणविक हतियारमुक्त विश्व निर्माणका

दसैँ–तिहारमा हवाई भाडा बढाएको भन्दै रास्वपा सांसदको आपत्ति

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईँले दसैँ–तिहारको समयमा