रत्नचुडेश्वर महादेव पोखरीमा दर्शनार्थीको भीड « Khabarhub

रत्नचुडेश्वर महादेव पोखरीमा दर्शनार्थीको भीड


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– सानो गोसाइँकुण्डका रूपमा परिचित भक्तपुर चाँगुनारायण नगरपालिका-६ नगरकोटस्थित रत्नचुडेश्वर महादेव पोखरी कुण्डमा आज बिहानैदेखि नै भव्य मेला लागेको छ । 

रसुवाको गोसाइँकुण्ड जान नसकेका र जान नपाएका भक्तजन रत्नचडेश्वर महोदव पोखरीमा  महादेव पोखरी मन्दिरमा आएर कुण्डमा स्नान गरी महादेवको पूजा गरेमा पुण्य प्राप्त हुने, रोग नाश हुने मनोकाङ्क्षा पूरा हुने मान्यता रहेकाले परम्परादेखि नै यहाँ हरेक जनैपूर्णिमाको दिनमा भीड लाग्ने गर्दछ ।

 हरेक वर्षको जनैपूर्णिमामा लाग्ने मेला भर्न यहाँ मध्यरातिदेखि नै दर्शनार्थीको भीड लाग्ने गरेको चाँगुनारायण नगरपालिका–६ का वडाध्यक्ष धनबहादुर लामाले जानकारी दिए । महादेव पोखरी कुण्डमा मेला भर्न दिनभरी नै भीड लागेको भन्दै उहाँले हिन्दू र बौध धर्मावलम्वीहरुले मेला भर्न आएको बताए । 

काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, नाल्दुम, बनेपा, पनौतीदेखिका मानिस मेला भर्न आएको बताउदै वडाध्यक्ष लामाले रसुवाको गोसाइँकुण्डको पानी यहाँको कुण्डमा आउने जनविश्वास रहँदै आएकाले सयौँ वर्षदेखि यहाँ मेला लाग्दै आएको बताए।

    मेलाको अवसर छोप्दै यस क्षेत्रमा हिजो बेलुकीदेखि नै दुईदिने व्यापारका लागि सयौँ पसलहरु खुलेका छन् । यहाँ आसपासमा ठूलो बजार लागेको बताउँदै उनले रातिदेखि नै हिन्दू र बौद्ध धर्मापलम्वीहरु विभिन्न झाँकीसहित पूजा गरेका छन् । उनले आज यहाँका बासिन्दाले महादेवलाई नयाँ मकै चढाउने गर्दछन् । उनका अनुसार यसवर्ष फलेको मकै आज चढाएपछि मात्रै स्थानीयले खाने गर्दछन् । 

गोसाइँकुण्डको पानी महादेव पोखरीमा आउने जनविश्वासका कारण गोसाइँकुण्ड नजानेहरू यहाँ आउने पुरानो परम्परा रहेको बताउँदै वडाध्यक्ष लामाले कुण्डमा विभिन्न जातजातिका समुदायले आआफ्नो परम्पराअनुसार पूजा झाँकीसहित आएर मेला भरेको बताए।

आजै भक्तपुरको कालदहमा बिहानैदेखि मेला लागेको छ । भक्तपुर नगरपालिका ब्यासी औद्योगिक क्षेत्रस्थित कालदहमा स्नान गरेरबीचमा रहेको महादेवको पूजा गर्दा छालालगायत शरीरमा भएको रोग निका हुने धार्मिक विश्वास रहँदै आएको छ ।

 आज विशेष गरी यहाँ भक्तपुरका नेवार समुदायले स्नान तथा पूजा गरेका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ४ : ५४ बजे

अफगानिस्तानमा भएको आक्रमणको राष्ट्रसंघीय सुरक्षा परिषदद्वारा निन्दा

काठमाडौं संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले अफगानिस्तानको राजधानी काबुलस्थित एक रेस्टुरेन्टमा

पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु

नवलपरासी पश्चिम- सरावल गाउँपालिका-१ तिलकपुर बस्ने शतिश कुमार फौजदारको छोरा ८

आइसिसी वुमन्स टी-२० विश्वकप विश्व छनोट : नेदरल्यान्डसँग नेपाल पराजित

आइसिसी वुमन्स टी-२० विश्वकप विश्व छनोटमा नेपाल लगातार दोस्रो खेलमा

बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते

बैतडी – दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–८ अनारखोलीमा ट्याक्टर

बालेनलाई सघाउन गएका युवासंघका नेता २४ घण्टामै एमालेमा फर्किए

दमक– नेकपा एमाले परित्याग गरेर बालेन शाहको टिममा गएका एक