अफगानिस्तानमा भएको आक्रमणको राष्ट्रसंघीय सुरक्षा परिषदद्वारा निन्दा « Khabarhub

अफगानिस्तानमा भएको आक्रमणको राष्ट्रसंघीय सुरक्षा परिषदद्वारा निन्दा


८ माघ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले अफगानिस्तानको राजधानी काबुलस्थित एक रेस्टुरेन्टमा भएको आक्रमणको कडा निन्दा गरेको छ । उक्त आक्रमणमा सर्वसाधारण नागरिकको ज्यान जानुका साथै थुप्रै घाइते भएका थिए ।

सुरक्षा परिषद्का सदस्यहरूले पछिल्लो समय आतङ्कवादी गतिविधिले अफगानिस्तान मात्र होइन, विश्वकै शान्ति र सुरक्षामा गम्भीर खतरा सिर्जना गरिरहेको उल्लेख गरेका छन् ।

उनीहरूले यस्ता निन्दनीय कार्यका योजनाकार, संलग्न व्यक्ति तथा प्रायोजकलाई जवाफदेही बनाउँदै न्यायको कठघरामा ल्याउँनुपर्नेमा जोड दिएका छन् ।

परिषद्ले सबै राष्ट्रहरूलाई अन्तर्राष्ट्रिय कानुन र सम्बन्धित सुरक्षा परिषद्का प्रस्तावअनुसार आफ्ना दायित्व पूरा गर्दै सक्रिय सहयोग गर्न आग्रह गरेको छ । 

साथै, आतङ्कवादका कुनै पनि कार्य आपराधिक र अन्यायपूर्ण हुने स्पष्ट पार्दै संयुक्त राष्ट्रसंघको बडापत्र, अन्तर्राष्ट्रिय कानुन र मानवीय कानुनविपरीत हुने यस्ता गतिविधिविरुद्ध एकजुट भएर लड्नुपर्ने आवश्यकता औंल्याएको छ ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहिबार  १२ : ५० बजे

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १२ गतेदेखि ललितपुरमा हुने

काठमाडौं– १९ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १२ गतेदेखि

विदेश जाने होइन, स्वदेशमै फूल फुलाउने अठोट

दमौली– दमौलीका दुई युवाले सयपत्री जातका फूलखेती सुरु गरेका छन्

म्याग्दीमा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिए

म्याग्दी– जिल्लामा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिएका छन् ।

शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि : १३ दिनमा ६०० पर्यटक

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका