अफगानिस्तानमा भएको आक्रमणको राष्ट्रसंघीय सुरक्षा परिषदद्वारा निन्दा « Khabarhub

अफगानिस्तानमा भएको आक्रमणको राष्ट्रसंघीय सुरक्षा परिषदद्वारा निन्दा


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले अफगानिस्तानको राजधानी काबुलस्थित एक रेस्टुरेन्टमा भएको आक्रमणको कडा निन्दा गरेको छ । उक्त आक्रमणमा सर्वसाधारण नागरिकको ज्यान जानुका साथै थुप्रै घाइते भएका थिए ।

सुरक्षा परिषद्का सदस्यहरूले पछिल्लो समय आतङ्कवादी गतिविधिले अफगानिस्तान मात्र होइन, विश्वकै शान्ति र सुरक्षामा गम्भीर खतरा सिर्जना गरिरहेको उल्लेख गरेका छन् ।

उनीहरूले यस्ता निन्दनीय कार्यका योजनाकार, संलग्न व्यक्ति तथा प्रायोजकलाई जवाफदेही बनाउँदै न्यायको कठघरामा ल्याउँनुपर्नेमा जोड दिएका छन् ।

परिषद्ले सबै राष्ट्रहरूलाई अन्तर्राष्ट्रिय कानुन र सम्बन्धित सुरक्षा परिषद्का प्रस्तावअनुसार आफ्ना दायित्व पूरा गर्दै सक्रिय सहयोग गर्न आग्रह गरेको छ । 

साथै, आतङ्कवादका कुनै पनि कार्य आपराधिक र अन्यायपूर्ण हुने स्पष्ट पार्दै संयुक्त राष्ट्रसंघको बडापत्र, अन्तर्राष्ट्रिय कानुन र मानवीय कानुनविपरीत हुने यस्ता गतिविधिविरुद्ध एकजुट भएर लड्नुपर्ने आवश्यकता औंल्याएको छ ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  १२ : ५० बजे

किसानको गुनासो सुन्दै सिक्टा सिंचाइ

बाँके– बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइले बाँकी निर्माणको

मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर

लमजुङ– मनाङका हिमतालमा देखिएको जोखिमले मर्स्याङ्दी नदी आसपासका तल्लो तटीय

पृथ्वी र बिपी राजमार्गमा सास्ती: देशभरका कुन सडकको अवस्था के छ ?

काठमाडौँ – बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मुगुमा तीन घण्टाको फरकमा चार म्याग्निच्युडका दुई भूकम्प

काठमाडौँ – मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर बुधबार बिहान लगातार