एनपीएल अक्सन : ११ खेलाडी बिक्री हुँदा चितवन, सुदूरपश्चिम र विराटनगरले समान दुई-दुई खेलाडी भित्र्याए « Khabarhub

एनपीएल अक्सन : ११ खेलाडी बिक्री हुँदा चितवन, सुदूरपश्चिम र विराटनगरले समान दुई-दुई खेलाडी भित्र्याए


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको अक्सनबाट हालसम्म ११ खेलाडी बिक्री भएका छन् ।
सुदूरपश्चिम रोयल्स, चितवन राइनोज र विराटनगर किंग्सले समान दुई खेलाडी अनुबन्ध गर्दा जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सले समान एक खेलाडीलाई अनुबन्ध गरेका छन् ।

शनिबार ललितपुरको रोयल टुलिपमा जारी अक्सनबाट देव खनाल र अर्जुन साउदलाई चितवन राइनोजले खरिद गरेको छ । हेमन्त धामी र टेकबहादुर रावतलाई सुदूरपश्चिम रोयल्स र सूर्य तामाङ र साहिल पटेललाई विराटनगर किंग्सले अनुबन्ध गरेको छ ।

यसैगरी दिलिप नाथलाई लुम्बिनी लायन्समा, उत्तम थापालाई काठमाडौं गोर्खाजमा, सचिन भट्ट जनकपुर बोल्ट्समा, पवन सर्राफ कर्णाली याक्समा र अभिषेक तिवारी पोखरा एभेन्जर्समा अनुबन्ध भएका छन् ।

अक्सनमा कुल तीन क्याटागोरीमा १६४ खेलाडी छन् । जसअनुसार क्याटागोरी ‘ए’ मा नौ जना, ‘बी’ मा ३७ जना र ‘सी’ मा ११८ जना छन् ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ५ : ५४ बजे

एलिनाको पसलको घर किनेको हल्लामा विष्णुको जवाफ- ‘समाचार पढेर मात्रै थाहा पाएँ’

काठमाडौं– गायिका एलिना चौहान र उनका पूर्वपति विष्णु सापकोटाको सम्बन्ध

फ्रान्समा विद्यार्थी प्रदर्शन चर्किँदै, सयौँ विद्यालय प्रभावित

पेरिस– फ्रान्समा पछिल्ला केही दिनदेखि विद्यालयका विद्यार्थीले विभिन्न माग राख्दै

जितियाको निराहार व्रत समापन

काठमाडौं– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारण लाइनको निरीक्षण

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हेटौँडा–ढल्केबर ४०० केभी

सांसद अन्सारीले नेसनल मेडिकल कलेजमाथि लगाएको आरोपबारे छानबिन गर्न एसोसिएसनको माग

काठमाडौं– नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा सांसद