एनपीएल अक्सन : ११ खेलाडी बिक्री हुँदा चितवन, सुदूरपश्चिम र विराटनगरले समान दुई-दुई खेलाडी भित्र्याए « Khabarhub

एनपीएल अक्सन : ११ खेलाडी बिक्री हुँदा चितवन, सुदूरपश्चिम र विराटनगरले समान दुई-दुई खेलाडी भित्र्याए


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको अक्सनबाट हालसम्म ११ खेलाडी बिक्री भएका छन् ।
सुदूरपश्चिम रोयल्स, चितवन राइनोज र विराटनगर किंग्सले समान दुई खेलाडी अनुबन्ध गर्दा जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सले समान एक खेलाडीलाई अनुबन्ध गरेका छन् ।

शनिबार ललितपुरको रोयल टुलिपमा जारी अक्सनबाट देव खनाल र अर्जुन साउदलाई चितवन राइनोजले खरिद गरेको छ । हेमन्त धामी र टेकबहादुर रावतलाई सुदूरपश्चिम रोयल्स र सूर्य तामाङ र साहिल पटेललाई विराटनगर किंग्सले अनुबन्ध गरेको छ ।

यसैगरी दिलिप नाथलाई लुम्बिनी लायन्समा, उत्तम थापालाई काठमाडौं गोर्खाजमा, सचिन भट्ट जनकपुर बोल्ट्समा, पवन सर्राफ कर्णाली याक्समा र अभिषेक तिवारी पोखरा एभेन्जर्समा अनुबन्ध भएका छन् ।

अक्सनमा कुल तीन क्याटागोरीमा १६४ खेलाडी छन् । जसअनुसार क्याटागोरी ‘ए’ मा नौ जना, ‘बी’ मा ३७ जना र ‘सी’ मा ११८ जना छन् ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ५ : ५४ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२