गोसाइँकुण्डका तीर्थयात्री फर्किन थाले « Khabarhub

गोसाइँकुण्डका तीर्थयात्री फर्किन थाले


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

रसुवा– जनैपूर्णिमा  पर्वका अवसरमा स्नान तथा पूजाआजाका लागि पवित्र तीर्थस्थल  गोसाइँकुण्ड पुगेका तीर्थयात्री निलाद्री पर्वतबाट फर्केका छन् । सुरक्षाका लागि गोसाइँकुण्डमा बेसक्याम्प राखी बसेका प्रहरी निरीक्षक पन्नालाल यादवका अनुसार पूर्णिमा पर्वको दिन गोसाइँकुण्डमा स्नान गरेका करिब चार हजार भक्तजन आ–आफ्ना गन्तव्यतर्फ फर्किसकेका हुन् । 

आधाभन्दा बढी यात्री धुञ्चे पुगिसकेका जनाउँदै उहाँले आधाजसो भक्तजन चन्दनबारीको ओरालो झर्दै गरेका बताए। मेला अवधिभर सुरक्षा व्यवस्थामा कडाइ गरिएको, कुनै विवाद वा झगडा नभएको, कुण्ड स्नान गर्ने यात्रीलाई सहज बनाउनुका साथै परसम्म जानु नपर्ने व्यवस्था गरिएको, सुत्न नपाएको यात्रीलाई आरामका लागि व्यवस्था मिलाइएको, पवित्र तीर्थको वातावरण स्वच्छता राख्न कुण्ड वरिपरि सरसफाइ गरिएको प्रहरी निरीक्षक यादवले जानकारी दिए । 

यस वर्षको नाग पञ्चमीदेखि जनैपूर्णिमासम्म करिब १० हजार भक्तजन गोसाइँकुण्ड पुगेका आकलन गरिएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिए । उनका अनुसार यात्री बोकेर सात सय १५ सानाठूला चारपाङ्गे सवारी, चार सय वटा दुई पाङ्गे सवारिसाधन रसुवा प्रवेश गरेका छन् ।

सुरक्षा एवं उद्धारका क्षेत्रमा नेपाली सेना श्रीनाथ गण, सशस्त्र प्रहरी बल २० नम्बर गुल्म तथा नेपाल प्रहरीले र स्वास्थ्य उपचारका क्षेत्रमा गोसाइँकुण्ड गाउँपालिका, जिल्ला अस्पताल, जनस्वास्थ्य कार्यालय, नेपाली सेना, जिल्ला आयुर्वेदिक संस्था, हिमालय उद्धार सङ्घ, ग्रिनसिटी अस्पताल, पञ्चधाम समिति, नेकपा माओवादीको भातृ संस्था योङ कम्युनिष्ट लिगले उल्लेखनीय सहयोग पुर्याएका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए। 

विभिन्न सङ्घसंस्था तथा सरोकार भएका निकायले मेला व्यवस्थापनमा प्रभावकारी सहजीकरण र समन्वय गरिदिएकाले मेला पूर्णरूपमा सफल भएको समितिका अध्यक्ष डिएमले उल्लेख गरे। तीर्थ आउँदा लेक लागि बिरामी परेका बिरामीमध्ये २० जनामा टाउको र फोक्सोमा पानी जम्ने जटिल समस्या देखिएकाले सुरक्षाकर्मीको सहयोगमा सुविधायुक्त अस्पताल पठाइएको  चिकित्सकले बताएका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ६ : ०५ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको