एनपीएल अक्सन : पहिलो चरणमा २६ खेलाडी अनुबन्ध, काठमाडौंको मात्रै कोटा पूरा « Khabarhub

एनपीएल अक्सन : पहिलो चरणमा २६ खेलाडी अनुबन्ध, काठमाडौंको मात्रै कोटा पूरा


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


690
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को मिनी अक्सनको पहिलो चरण सम्पन्न हुँदा ८ फ्रेन्चाइज टोलीले जम्मा २६ खेलाडी भित्र्याएका छन्। तीमध्ये काठमाडौं गोर्खाज मात्र आफ्नो कोटा पूरा गर्न सफल भयो।

काठमाडौं गोर्खाजले ३७ लाख रुपैयाँ खर्चेर आदिल आलमसहित ५ खेलाडी अनुबन्ध गरेको हो। अन्य टोलीहरूले भने पहिलो चरणमै आवश्यक संख्याका खेलाडी भित्र्याउन सकेनन्।

यस सिजनमा सबैभन्दा बढी मूल्य १५ लाख रुपैयाँ आदिल आलमसँगै अर्जुन साउद, देव खनाल र पवन सर्राफले पाए। अर्जुन र देव चितवन राइनोजमा पुगेका छन् भने पवन सर्राफ कर्णालीबाट खेल्ने भएका छन्।

पहिलो चरणमा अनसोल्ड भएका खेलाडीलाई दोस्रो चरणमा न्यूनतम मूल्यमा टोलीहरूले अनुबन्ध गर्ने अवसर पाउने छन्।

कुन टाेलीमा कुन खेलाडी
मयन यादव: जनकपुर (७ लाख ५० हजार)
आदित्य महता: जनकपुर (५ लाख)
सचिन भट्ट: जनकपुर (२ लाख)
हेमन्त धामी: सूदुरपश्चिम ( १० लाख)
टेकबहादुर रावत: सुदूरपश्चिम (२ लाख)
दीपेन्द्र थापा: सुदूरपश्चिम (२ लाख)
पवन सर्राफ: कर्णाली (१५ लाख)
युवराज खत्री: कर्णाली (१० लाख)
इमरान शेख: कर्णाली (२ लाख)
दीपक डुम्रे: कर्णाली (२ लाख)
देव खनाल: चितवन (१५ लाख)
अर्जुन साउद: चितवन (१५ लाख)
सन्तोष यादव: काठमाण्डू (१० लाख)
उत्तम थापा मगर: काठमाण्डू (३ लाख)
मोहमद आदिल आलम: काठमाण्डू (१५ लाख)
आकाश त्रिपाठी: काठमाण्डू (७ लाख)
तुलबहादुर थापा: काठमाण्डू (२ लाख)
कृष्ण पौडेल: पोखरा (२ लाख)
अर्जुन कुमाल : पोखरा (५ लाख)
अभिषेख तिवारी: पोखरा (२ लाख)
सूर्य तामाङ : विराटनगर (१० लाख)
नारायण जोशी: विराटनगर (५ लाख)
साहिल पटेल : विराटनगर (५ लाख)
दिलीप नाथ: लुम्बिनी (१० लाख)
शेर मल्ल: लुम्बिनी (१० लाख)
विशाल पटेल: लुम्बिनी (५ लाख)

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ९ : १९ बजे

अन्य दललाई भ्रष्टको संज्ञा दिएका रविले रास्वपाबारे भने : सुशासन र परिवर्तनको प्रतीक

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा सभापति रवि

विष्णु पौडेलको पक्राउ गैरकानुनी र प्रतिशोधपूर्ण : एमाले

काठमाडौं – नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गरिएको पक्राउ

रविको प्रतिवेदन : प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रस्ताव, दुईतिहाइको रक्षा गर्दै सुशासनको नयाँ युगमा लैजाने संकल्प 

चितवन-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा सभापति रवि लामिछानेले राजनीतिक

आजका समाचार : नयाँ नेतृत्वतिर रास्वपा, विष्णु पौडेल पक्राउले तरंग, इरान अमेरिका सम्झौता टिक्नेमा शंका र विश्वकपमा मेस्सीको जादु निरन्तर 

समूहगत दबाबमा रवि-बालेन, जेन-जीका नाममा सुधनको ‘बार्गेनिङ’राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो

द्वन्द्व सुरु भएयता ‘स्ट्रेट अफ हर्मुज’मा उच्च जहाज आवागमन

एजन्सी– इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्ट्रेट अफ हर्मुज’