जालन्धर भुसाल बने कैलाली कारागारको नयाँ जेलर « Khabarhub

जालन्धर भुसाल बने कैलाली कारागारको नयाँ जेलर


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

धनगढी – शनिबार राति भएको झडपपछि कैलाली कारागारको नेतृत्वमा परिवर्तन गरिएको छ। जेलर बसन्त खत्रीको स्थानमा जालन्धर भुसाललाई नियुक्त गरिएको हो।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार भुसालले आइतबार दिउँसो ३ बजे कैलाली पुगेर औपचारिक रूपमा कार्यभार सम्हालेका हुन् ।

शनिबार राति कारागारमा भएको झडपमा एक कैदीको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका थिए।

आइतबार दिउँसो पनि जेलभित्रको अवस्था असामान्य बनेको थियो। केही समयका लागि कैदीहरूले कारागार नियन्त्रणमा लिएका कारण स्थिति नियन्त्रणमा ल्याउन प्रहरीले कडा कदम चाल्नुपरेको थियो।

घटनाको कारण र पृष्ठभूमि पत्ता लगाउन सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ९ : ३७ बजे

बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि

मौरीपालक किसानका लागि बीमा कम्पनीको सर्तमा समस्या

चितवन– कालिका नगरपालिका-६ निवासी जगबहादुर पुन मौरीको बीमा गर्न तयार

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका

म्युजिकल चियरजस्तो राजनीतिले जनतामा वितृष्णा बढायो : सभापति गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली जनताको नजरमा