जालन्धर भुसाल बने कैलाली कारागारको नयाँ जेलर « Khabarhub

जालन्धर भुसाल बने कैलाली कारागारको नयाँ जेलर


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

धनगढी – शनिबार राति भएको झडपपछि कैलाली कारागारको नेतृत्वमा परिवर्तन गरिएको छ। जेलर बसन्त खत्रीको स्थानमा जालन्धर भुसाललाई नियुक्त गरिएको हो।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार भुसालले आइतबार दिउँसो ३ बजे कैलाली पुगेर औपचारिक रूपमा कार्यभार सम्हालेका हुन् ।

शनिबार राति कारागारमा भएको झडपमा एक कैदीको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका थिए।

आइतबार दिउँसो पनि जेलभित्रको अवस्था असामान्य बनेको थियो। केही समयका लागि कैदीहरूले कारागार नियन्त्रणमा लिएका कारण स्थिति नियन्त्रणमा ल्याउन प्रहरीले कडा कदम चाल्नुपरेको थियो।

घटनाको कारण र पृष्ठभूमि पत्ता लगाउन सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ९ : ३७ बजे

मन्त्रालयले गर्‍यो मन्त्री खरेलको बिदाइ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजै राजीनामा दिएका सञ्चार

बागमती प्रदेशसभाका छ जना प्रदेशसभा सदस्यले दिए राजीनामा

बागमती– बागमती प्रदेशसभाका छ जना सदस्यले प्रदेशसभा सदस्यले पदबाट राजीनामा

रवि र बालेन एकसाथ उत्रिएको मधेशमा कस्तो छ रास्वपाको अवस्था ?

काठमाडौं- यो हिउँदको जाडो पानी नपर्दै सकिन लाग्दा चुनावी देशमा

बागलुङमा जिप दुर्घटना हुँदा पाँच जना घाइते

ढोरपाटन– ढोरपाटन नगरपालिका–५ सहीखोलामा आज दिउँसो गाडीखोलादेखि बुर्तिबाङ आउँदै गरेको