माओवादीले भन्यो : नरसंहारको जिम्मा लिएर प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ « Khabarhub

माओवादीले भन्यो : नरसंहारको जिम्मा लिएर प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ ।

सोमबार राति बसेको केन्द्रीय पदाधिकारीको आकस्मिक बैठकले जेनजी समूहको आन्दोलनमाथि गरेको बर्बर दमनको निन्दा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने माग गरेको छ।

​पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता अग्नि प्रसाद सापकोटाद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकारले शान्तिपूर्ण प्रदर्शनमाथि गरेको हिंसक दमनको कडा शब्दमा विरोध गरिएको छ।

बैठकले देशभरका सबै जनतालाई आन्दोलनलाई शान्तिपूर्ण र संयमित रूपमा अगाडि बढाउन आह्वान पनि गरेको छ।

माओवादीका ​प्रमुख निर्णयहरू

​दमनको निन्दास् माओवादी केन्द्रले शान्तिपूर्ण आन्दोलनमाथि गरिएको दमनको निन्दा गर्दै आन्दोलनलाई शान्तिपूर्ण र संयमित ढंगले निरन्तरता दिने जनाएको छ।

​प्रधानमन्त्रीको राजीनामा मागस् पार्टीले इतिहासमै कलंकको रूपमा भएको नरसंहारको जिम्मेवारी लिँदै प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने माग गरेको छ।

​शोक व्यक्तस् दमनबाट ज्यान गुमाएका व्यक्तिहरूप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरूको शीघ्र उपचार र स्वास्थ्य लाभको कामना गरेको छ।

​शोकसभा घोषणास् प्रदर्शनका क्रममा मृत्यु भएका व्यक्तिहरूको सम्झनामा भोलि ९असोज २४ गते० दिउँसो ५ बजे देशभरका सबै स्थानमा श्रद्धाञ्जलि सभा आयोजना गर्ने निर्णय गरिएको छ।

​न्यायिक छानबिन आयोग मागस् घटनाको स्वतन्त्र, निष्पक्ष र न्यायिक छानबिन गर्न आयोग गठन गरी दोषीहरूलाई कडा कारबाही गर्न माग गरिएको छ।

​लोकतान्त्रिक शक्तिसँग संवादस् देशलाई परिवर्तनको दिशामा अगाडि बढाउन सबै लोकतान्त्रिक शक्तिहरूसँग एकताबद्ध भई समस्या समाधान गर्न अपील गरेको छ।

​युवासँग संवादस् ‘जनजागरण’ अभियान र माओवादी केन्द्रबीच साझा अवधारणा निर्माण गर्न आगामी दिनमा युवा पुस्ताका प्रतिनिधिहरूसँग संवाद गर्ने निर्णय गरिएको छ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  १२ : १५ बजे

टोखाबाट १९ लाख रुपैयाँ बराबरको धनमाल चोरी

काठमाडौं– टोखा नगरपालिका-३ बस्ने तिल सरा पुर्जाको घरबाट सुनका विभिन्न गरगहना

हत्या आरोपमा एकजना पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका-१० इखम्बु बस्ने ४७ वर्षीय लीला प्रसाद राईको हत्या

धोबी खोलो सफाइमा उत्रिए हर्कका समर्थक (तस्बिरहरू)

काठमाडौं– धरानबाट सुरु भएको हर्क साम्पाङको श्रमदान अभियान काठमाडौं प्रवेश

भानु नगरका शिक्षकलाई ‘एआई’ तालिम

तनहुँ– तनहुँको भानु नगरपालिका भित्रका विभिन्न विद्यालयमा सेवारत शिक्षकका लागि

प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार ४४२ कर्मचारी खटाइने

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि