जेनजीको आन्दोलनमा घुसपैठ गरेको आरोपमा राप्रपाका केन्द्रीय सदस्य हमाल पक्राउ « Khabarhub

जेनजीको आन्दोलनमा घुसपैठ गरेको आरोपमा राप्रपाका केन्द्रीय सदस्य हमाल पक्राउ


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन–जी पुस्ताले गरेको स्वतन्त्र आन्दोलनमा घुसपैठ गरेको आरोपमा प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य रवि किरण हमाललाई पक्राउ गरेको छ ।

सोमबार दिउँसो बानेश्वरको आन्दोलन सहभागी भएर साँझ बूढानीलकण्ठ पुगेका बेला प्रहरीले हमाललाई पक्राउ गरेको परिवारका सदस्यले जानकारी दिएका छन् ।

हमाल राजावादीहरुको आन्दोलनमा समेत सहभागी हुँदै आएका राप्रपाका युवा नेता हुन् । जेन–जी पुस्ताको आन्दोलनमा सहभागी हुने क्रममा उनले प्रधानमन्त्री ओलीलाई सरेन्डर (आत्मसमर्पण) गर्न आग्रह गरेको भिडियो टिकटकमा सार्वजनिक भएको थियो ।

साथै उनले आन्दोलनमा भएको क्षतिको म जिम्मा लिन्छु, राजनीतिशास्त्र पढेको व्यक्ति भएकाले देशको कार्यकारी प्रमुख बन्ने आफूसँग क्षमता भएको चिडियो पनि बाहिर आएको थियो ।

आफ्नो दाजु राप्रपाको केन्द्रीय सदस्य भएता पनि जेनजी पुस्ताको भएका कारण आन्दोलनमा सहभागी बनेको तर सोमबार राति बूढानीलकण्ठबाट प्रहरीले गिरफ्तार गरेको रविका भाइले खबरहबसँग गुनासो पोखे ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ८ : ०५ बजे

निकोलस भुसालसँग वार्ता गर्न सरकारद्धारा वार्ता टोली गठन

काठमाडौं – सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने

एनभिए भलिबलः रुकुम पश्चिम सेमिफाइनलमा

काठमाडौं – राजधानीमा जारी नवौँ एनभिए भलिबल च्याम्पियनसिपअन्तर्गत आज भएको

दोधारा चाँदनीमा बाघको डमरु मृत फेला

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र दोधारा चाँदनीमा बाघको

अब राहदानी छपाइसँगै वितरण साविकअनुसार

काठमाडौं – राहदानी विभागले राहदानी पुस्तिकाको आपूर्ति र छपाइसँगै राहदानीको