जेनजीको आन्दोलनमा घुसपैठ गरेको आरोपमा राप्रपाका केन्द्रीय सदस्य हमाल पक्राउ « Khabarhub

जेनजीको आन्दोलनमा घुसपैठ गरेको आरोपमा राप्रपाका केन्द्रीय सदस्य हमाल पक्राउ


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन–जी पुस्ताले गरेको स्वतन्त्र आन्दोलनमा घुसपैठ गरेको आरोपमा प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य रवि किरण हमाललाई पक्राउ गरेको छ ।

सोमबार दिउँसो बानेश्वरको आन्दोलन सहभागी भएर साँझ बूढानीलकण्ठ पुगेका बेला प्रहरीले हमाललाई पक्राउ गरेको परिवारका सदस्यले जानकारी दिएका छन् ।

हमाल राजावादीहरुको आन्दोलनमा समेत सहभागी हुँदै आएका राप्रपाका युवा नेता हुन् । जेन–जी पुस्ताको आन्दोलनमा सहभागी हुने क्रममा उनले प्रधानमन्त्री ओलीलाई सरेन्डर (आत्मसमर्पण) गर्न आग्रह गरेको भिडियो टिकटकमा सार्वजनिक भएको थियो ।

साथै उनले आन्दोलनमा भएको क्षतिको म जिम्मा लिन्छु, राजनीतिशास्त्र पढेको व्यक्ति भएकाले देशको कार्यकारी प्रमुख बन्ने आफूसँग क्षमता भएको चिडियो पनि बाहिर आएको थियो ।

आफ्नो दाजु राप्रपाको केन्द्रीय सदस्य भएता पनि जेनजी पुस्ताको भएका कारण आन्दोलनमा सहभागी बनेको तर सोमबार राति बूढानीलकण्ठबाट प्रहरीले गिरफ्तार गरेको रविका भाइले खबरहबसँग गुनासो पोखे ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ८ : ०५ बजे

प्रधानमन्त्री भारत जाने मिति तय भइसकेको छैन : परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको मिति

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, कारोबार कति ?

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको

संसदीय समितिले दिएको निर्देशन र सुझावको कार्यान्वयनमा जोड

काठमाडौं– राष्ट्रिय सभा सदस्यहरूले संसदीय समितिहरूले दिएको निर्देशन र सुझावहरूको

मुस्ताङका किसानलाई मौरीसहितका घार वितरण

मुस्ताङ– यहाँका किसानलाई आयआर्जनमा सहयोग पुर्‍याउने उद्देश्यले अनुदान सहयोगमा मौरीसहितका

नयाँ वर्षमा घुम्टेमा ‘गुराँस उत्सव’

गण्डकी– हरेक वसन्तयाममा थरिथरिका गुराँसले ढकमक्क हुन्छ बागलुङको पर्यटकीय लेक