प्रचण्ड निवासमा आगजनी, लेखक र महासेठ निवासमा आक्रमण « Khabarhub

प्रचण्ड निवासमा आगजनी, लेखक र महासेठ निवासमा आक्रमण


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सोमबार आयोजित जेन-जी पुस्ताको प्रदर्शनमा भएको निर्मम दमनविरुद्ध आज बिहानैदेखि भइरहेको आन्दोलन क्रममा नेताहरूको घरमा आगजनी र तोडफोड भइरहेको छ ।

आन्दोलनकारीहरूले पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवासमा आगजनी गरेका छन्‌ । खुमलटारस्थित दाहाल निवासमा प्रदर्शनकारीले ढुङ्गामुढा गरेका प्रदर्शनकारीले भर्खरै आगजनी गरेका हुन्‌ ।

प्रदर्शनमा दमन भएपछि हिजै राजीनामा दिएका निर्वतमान गृहमन्त्री तथा काङ्ग्रेस नेता रमेश लेखकको घरमा पनि आक्रमण भएको छ । नैकापस्थित लेखकको घरमा आक्रमण भएको हो ।

यसैगरी, सत्तारुढ नेकपा (एमाले) का सचिव रघुवीर महासेठको जनपुरस्थित घरमा पनि प्रदर्शनकारीले आक्रमण गरेका छन्‌ ।

प्रदर्शनकारीहरू यतिखेर सत्तारुढ नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठ वरपर र प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा पनि प्रदर्शनरत छन्‌ ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ११ : ३५ बजे

दर्शक रोएकै फिल्म चले !

काठमाडौँ– पछिल्लो दशक हेर्ने हो भने १० प्रतिशत नेपाली फिल्मले

सेतो मच्छिन्द्रनाथ रथयात्राको तयारी सुरु (तस्बिरहरू) 

काठमाडौं– सेतो मच्छिन्द्रनाथ रथयात्रा का लागि रथ निर्माण कार्य सुरु भएको

प्रधानमन्त्री नेतन्याहूले भने- ‘म जिउँदै छु’, मृत्युको हल्ला झुटो

काठमाडौं- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सामाजिक सञ्जालमा फैलिएको आफ्नो मृत्युसम्बन्धी हल्लालाई अस्वीकार

आज विश्व मुख स्वास्थ्य दिवस : मुख र दाँतको स्वास्थ्यमा ध्यान दिन चिकित्सकहरूको सुझाव

काठमाडौं–  ‘स्वस्थ मुख, सुखी जीवन’ नाराका साथ आज विश्व मुख

क्यान्‍सर घटाउन कसरी गर्ने मुखको हेरचाह ?

हरेक वर्ष मार्च २० मा मनाइने ‘विश्व मुख स्वास्थ्य दिवस’