विपक्षी दलबाट प्रधानमन्त्री ओलीको राजीनामा माग « Khabarhub

विपक्षी दलबाट प्रधानमन्त्री ओलीको राजीनामा माग


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरुको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ ।

सिंहदरबारमा मङ्गलबार बसेको माओवादीसहित विपक्षी दलको बैठकले जेन–जी आन्दोलनमा दमन गरेको भन्दै प्रधानमन्त्री ओलीको राजीनामा माग गरेको हो ।

सरकारले युवाहरूको आक्रोशलाई बुझ्न नसकेकाले अहिलेको अवस्था सिर्जना भएको बैठकको निष्कर्ष रहेको माओवादी उपमहासचिव वर्षमान पुनले जानकारी दिए ।

प्रतिपक्षीको तर्फबाट संवाद गरेर निकास दिन प्रतिबद्ध रहेको उनको भनाइ छ । बैठकले आयोग गठन गरी सत्यतथ्य छानबिन गरी दोषीमाथि कडाभन्दा कडा कारबाही गर्न पनि माग गरेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ११ : ४१ बजे

सीमावर्ती कचनकबलका मतदाता उम्मेदवारको पर्खाइमा

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

धरानको दन्तकाली मन्दिर श्रद्धालुको आस्थाको केन्द्र

सुनसरी– धरान उपमहानगरपालिका–१४ स्थित विजयपुर क्षेत्रमा रहेको पौराणिक धार्मिकस्थल दन्तकाली

नारायणघाट–बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी– सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी

एक महिना लामो स्वस्थानी व्रत समापन (तस्बिरहरू)

काठमाडौं– पौष शुक्ल पूर्णिमाका दिन सुरु भएको एक महिना लामो

सर्लाहीमा सवारी दुर्घटना : ६ महिनामा २९ जनाको मृत्यु

सर्लाही– सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको ६ महिनामा