सांसद पदबाट राजीनामा दिने सुमना श्रेष्ठको घोषणा « Khabarhub

सांसद पदबाट राजीनामा दिने सुमना श्रेष्ठको घोषणा


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले सांसद पदबाट राजीनामा दिने घोषणा गरेकी छन्।

उनले केपी शर्मा ओली नेतृत्वको सरकारलाई “नरसंहारकारी”को संज्ञा दिएकी छन् । यस्तो सरकारलाई जवाफदेही बनाउने संसदको भूमिकामाथि पनि उनले प्रश्न उठाएकी छन्।

श्रेष्ठले सार्वजनिक वक्तव्यमार्फत भनिन्, ‘सांसदको काम भनेको सरकारलाई जवाफदेही बनाउने हो, तर सरकारले जवाफदेहिताको सिमाना पार गरिसक्यो। यस्तो अवस्थामा संसदमा बस्नु नैतिकताले सम्भव छैन।’

उनले हालैको आन्दोलनलाई संकेत गर्दै जेन-जी पुस्तालाई दलहरूको भ्रममा नपरी आफ्नो नेतृत्व दाबी गर्न आह्वानसमेत गरेकी छन्। श्रेष्ठले सर्वदलीय बैठक जस्ता प्रक्रियाले देशलाई निकास नदिने बताएकी छन् ।

श्रेष्ठको राजीनामालाई सोमबारदेखि सुरू राजनीतिक संकट र आन्दोलनसँग जोडेर हेरिएको छ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  १२ : १७ बजे

बीबीसीको विवादित भिडियो सामग्री हटाउन काउन्सिललाई निर्वाचन आयोगको पत्र

काठमाडौं- निर्वाचन आयोगले बेलायतको प्रसारण कम्पनी बीबीसीले बिहीबार सार्वजनिक गरेको

निर्वाचन देश बनाउने संकल्पको जनमत हो : नेता पोखरेल

काठमाडौं– काठमाडौं निर्वाचन–५ का उम्मेदवार रहेका एवं नेपाल कम्युनिष्ट पार्टी

आयोग भन्छ : मतदान केन्द्रमा स्वास्थ्यकर्मी राख, मन्त्रालय सोध्छ : अस्पतालमा कसले उपचार गर्छ ?

काठमाडौं- निर्वाचन आयोगले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा

निर्वाचन आयोगले भन्यो- मत सर्वेक्षण लाइभ गर्ने अनलाइनलाई कारबाही हुन्छ

काठमाडौं– निर्वाचन आयोगले मत सर्वेक्षण ‘लाइभ’मा संलग्न ११ अनलाइनलाई बन्द