बालेनले भने- ‘हत्याराको राजीनामा आयो, अब संयमित हुनुस्’ « Khabarhub

बालेनले भने- ‘हत्याराको राजीनामा आयो, अब संयमित हुनुस्’


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंका मेयर बालेन्द्र साह ‘बालेन’ले युवा आन्दोलनकारीलाई संयमित हुन आग्रह गरेका छन् । 

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै बालेनले प्रधानमन्त्रीले राजीनामा दिएकाले युवा आन्दोलनकारीलाई संयमित हुन आग्रह गरेका हुन् ।

उनले लेखेका छन्

हामीले स्पष्ट रूपमा भनेका थियौं । यो नितान्त Gen Z को आन्दोलन हो ।

प्रिय Gen Z, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला !!

देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो ।

तपाईं–हामी अब संयमित हुनु जरुरी छ ।

अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ ।

तयार रहनुहोला !

साथै, सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला ।

तर याद रहोस् – वार्ता गर्नु अघि संसद् विघटन भएको हुनु पर्छ ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ४ : २९ बजे

दर्शक रोएकै फिल्म चले !

काठमाडौँ– पछिल्लो दशक हेर्ने हो भने १० प्रतिशत नेपाली फिल्मले

सेतो मच्छिन्द्रनाथ रथयात्राको तयारी सुरु (तस्बिरहरू) 

काठमाडौं– सेतो मच्छिन्द्रनाथ रथयात्रा का लागि रथ निर्माण कार्य सुरु भएको

प्रधानमन्त्री नेतन्याहूले भने- ‘म जिउँदै छु’, मृत्युको हल्ला झुटो

काठमाडौं- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सामाजिक सञ्जालमा फैलिएको आफ्नो मृत्युसम्बन्धी हल्लालाई अस्वीकार

आज विश्व मुख स्वास्थ्य दिवस : मुख र दाँतको स्वास्थ्यमा ध्यान दिन चिकित्सकहरूको सुझाव

काठमाडौं–  ‘स्वस्थ मुख, सुखी जीवन’ नाराका साथ आज विश्व मुख

क्यान्‍सर घटाउन कसरी गर्ने मुखको हेरचाह ?

हरेक वर्ष मार्च २० मा मनाइने ‘विश्व मुख स्वास्थ्य दिवस’