जेलबाट निस्केपछि रविको अपिल : देशको सम्पत्ति जोगाऔँ, जेन-जीको नेतृत्व स्वीकारौँ « Khabarhub

जेलबाट निस्केपछि रविको अपिल : देशको सम्पत्ति जोगाऔँ, जेन-जीको नेतृत्व स्वीकारौँ


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जेन-जी आन्दोलनलाई संयमित रुपमा अघि बढाउन अपिल गरेका छन् ।

उनले आन्दोलनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्दै देशको सम्पत्ति जोगाउन सबैलाई आग्रह गरेका हुन्।

आइतबार सार्वजनिक अपिलमा लामिछानेले भनेका छन्, ‘देशका लुटेराहरूले तीन पुस्तासम्म लुटेर जोडेका सम्पत्ति राष्ट्रियकरण हुनुपर्छ । यिनीहरू कानुनी दायरामा आउनैपर्छ। तर, हामीले अब अत्यन्त संयमित भई राष्ट्रको सम्पत्ति जोगाउन जरुरी छ।‘

उनले प्रहरी, न्यायालय र सुरक्षासम्बन्धी दस्तावेजहरू राष्ट्रका महत्वपूर्ण सम्पत्ति भएको उल्लेख गर्दै ती क्षति हुँदा मुलुककै लागि गम्भीर परिणाम आउने चेतावनी दिए।

लामिछानेले आन्दोलनलाई शुद्ध रूपमा जेनजी पुस्ताको नेतृत्वमा अघि बढाउनुपर्नेमा जोड दिँदै भने, ‘म नागरिक सर्वोच्चताको पक्षमा छु र मुलुकको अबको नेतृत्व जेनजीकै माग र परिकल्पनाअनुसार अघि बढ्नुपर्छ भन्नेमा स्पष्ट छु।’

कारागारबाट कानुनी प्रक्रियामार्फत् मात्रै मुक्त भई आमनागरिकबीच आएको उनले प्रष्ट्याउँदै आगामी दिनमा आवश्यक कानुनी प्रक्रियाका लागि आफू सदैव तयार रहने बताएका छन्।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ७ : २३ बजे

इशान र अर्शदीप चम्किँदा न्युजिल्यान्डविरुद्ध भारतको शानदार जित

काठमाडौं – इशान किशनको विस्फोटक शतक र अर्शदीप सिंहको पाँच

‘टाइगर कप भलिबल’को उपाधि गण्डकी प्रदेशलाई

कास्की – पोखरामा सञ्चालन भएको छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय

भोला रिजालको शब्दमा ‘अन्धकार पन्छाएर’ बोलको गीत सार्वजनिक

काठमाडौं – प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्द रचना

देश र जनताको हितमा काम गर्ने व्यक्तिलाई मात्रै संसद्मा पठाउनुपर्छः अध्यक्ष बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजक्छेँले संसद्मा

चलचित्र ‘जाँड’ले पायो पिजी सर्टिफिकेट

काठमाडौं – चलचित्र ‘जाँड’लाई केन्द्रीय चलचित्र जाँच समितिले सबैले हेर्न