पूर्वी युक्रेनमा रुसी हवाई आक्रमण : कम्तीमा २० जनाको मृत्यु « Khabarhub

पूर्वी युक्रेनमा रुसी हवाई आक्रमण : कम्तीमा २० जनाको मृत्यु


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – युक्रेनको पूर्वी डोनेट्स्क क्षेत्रमा मङ्गलबार भएको रुसी हमलामा कम्तीमा २० जनाको मृत्यु भएको राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत बताएका छन्‌ ।

मस्कोले अझै पूर्ण नियन्त्रण नलिए पनि औद्योगिक क्षेत्रलाई रुसको हिस्सा दाबी गरेको छ । किएभका अनुसार, क्रेमलिनले नयाँ आक्रमणका लागि फ्रन्टलाइनमा करिब एक लाख सेना परिचालन गरिसकेको छ ।

‘डोनेट्स्कको यारोभा गाउँमा पेन्सन वितरण भइरहेको बेला रूसी युद्धविमानबाट प्रत्यक्ष नागरिकमाथि आक्रमण भयो । प्रारम्भिक विवरणअनुसार २० जनाभन्दा बढीको मृत्यु भएको छ’, जेलेन्स्कीले आफ्नो पोस्टमा लेखेका छन्‌ ।

डोनेट्स्कका गभर्नरले २१ जनाको मृत्यु र सोही सङ्ख्यामा घाइते भएको जानकारी दिए । जेलेन्स्कीले घटनास्थलबाट लिइएका भिडियोसमेत सार्वजनिक गरे, जसमा खेलमैदान नजिकै जलेको मिनी–भ्यान, छरिएका लाश, व्यक्तिगत सामान, कागज र जुत्ताहरू देखिन्थे । एएफपीले युक्रेनी अधिकारीहरूले पोस्ट गरेका ती तस्बिरहरू स्वतन्त्र रूपमा प्रमाणित गर्न सकेको छैन ।

युद्धपूर्व करिब एक हजार नौ सय जनसङ्ख्या रहेको यारोभा अग्रपङ्क्तिबाट करिब आठ किलोमिटर (पाँच माइल) टाढा पर्छ ।

जेलेन्स्कीले अन्तर्राष्ट्रिय समर्थनको आह्वान गर्दै भने, ‘संयुक्त राज्य अमेरिकाबाट प्रतिक्रिया आवश्यक छ । युरोपबाट प्रतिक्रिया आवश्यक छ । जी–२० बाट प्रतिक्रिया आवश्यक छ । रुसले मृत्यु ल्याउने काम रोक्न कठोर कदम चालिनुपर्छ ।’

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ८ : ३५ बजे

नवलपरासीमा रास्वपाका कार्यकर्ताले माओवादीका उम्मेदवार कुटेको आरोप

काठमाडौँ– नवलपरासी क्षेत्र नम्बर १ का नेकपा माओवादीका उम्मेदवारमाथि राष्ट्रिय

स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो

काठमाडौँ–जारी आईसीसी टी–२० विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेटले पहिलो जित निकालेको

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि

भक्तपुर – यस वर्षको कक्षा १२ को परीक्षा आगामी वैशाख

एसपी सुवेदीलाई पर्सा पठाइयो

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय पर्सामा एसपी नरेशराज सुवेदीलाई खटाउने

स्कटल्यान्डविरुद्ध पावर प्लेमा नेपालको उत्कृष्ट सुरुवात

काठमाडौँ- आईसीसी टी–२० विश्वकप अन्तर्गत समुह चरणको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध