सुरक्षा कमाण्ड सेनाको हातमा, १० बजेबाट परिचालन « Khabarhub

सुरक्षा कमाण्ड सेनाको हातमा, १० बजेबाट परिचालन


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली सेनाले मुलुकको सम्पूर्ण सुरक्षा कमाण्ड लिँदै आज राती १० बजेदेखि परिचालित हुने जनाएको छ ।

सरकारले गरेको निर्मम दमनपछि जेन-जी आन्दोलन हिंसात्मक हुँदै जाँदा नेपाली सेनाले आफू परिचालिन हुन लागेको जनाएको हो ।

केहीबेर अघिमात्रै प्रधान सेनापति अशोकराज सिग्देलले सम्बोधन गर्दै प्रदर्शनकारीलाई आन्दोलन रोकेर वार्तामा आउन आग्रह गरिसकेका छन्‌ ।

प्रदर्शनमा बल प्रयोग नगरेको सेनाले परिचालित भएपछि आन्दोलनका नाममा विध्वंश मच्चाउनेहरूमाथि कारबाही थाल्नेछ । सेनाले आफू लगायत अन्य सुरक्षा निकायहरू तैनाथ हुने जानकारी पनि दिएको छ ।

‘हालको विषम परिस्थितिको अनुचित फाइदा उठाई केही समूहहरुले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पुऱ्याउने, लुटपाट एवम् आगजनी गर्ने कार्य भइरहेको हुँदा यस किसिमका गतिविधिहरु नगर्नरनगराउन नेपाली सेना पुनः आग्रह गर्दछ’, विज्ञप्तिमा लेखिएको छ, ‘यस किसिमका गतिविधिहरू नरोकिएको खण्डमा नेपाली सेना लगायत सम्पूर्ण सुरक्षा निकायहरु आफ्नो प्रमुख जिम्मेवारी नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण गर्न मिति २०८२ भाद्र २४ गते रातीको १० बजेबाट दृढ रहने प्रतिबद्धता जानकारी गराउँदछौं ।’

सेनाले सबैलाई सहयोगको लागि हार्दिक अपिल गर्दै सुरक्षा स्थितिको पुनर्मूल्याङ्कन गरी थप सूचना जारी गरिने पनि जनाएको छ ।

सेनाको विज्ञप्ति :

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ९ : २५ बजे

आईपीएलः आरसीबीले दिएको २४१ रनको लक्ष्य पछ्याएको मुम्बई १८ रनले पराजित

मुम्बई – इन्डियन प्रिमियर लिग (आईपीएल) को २० औँ खेलमा

कृषिमन्त्रीको सम्पत्ति : माइतीले दिएका दुई बाख्रा र १० वटा कुखुरा, अरु कति ?

काठमाडौँ – प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख

आज २०८२ साल चैत ३० गते सोमबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख