आज २०८२ साल असोज २३ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८२ साल असोज २३ गते बिहीबारको राशिफल


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल असोज २३ गते बिहीबार। कात्तिक कृष्ण पक्षको तृतीया तिथि। तदनुसार सन् २०२५ अक्टोबर ९ तारिख। विश्व हुलाक दिवस। विश्व दृष्टि दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। लगानी गरेको क्षेत्रबाट धन हात लाग्नेछ। सामाजिक क्षेत्रमा सेवाका अवसर मिल्नेछ। परिवारको सहकार्यमा गरेको काममा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : दिन राम्रो छ। सम्पत्ति आर्जन हुनेछ। शिक्षामा प्रगति हुनेछ। लगानीका क्षेत्रमा उत्साह बढ्नेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्ने योग छ। साथीले सहयोग गर्नेछन्।

मिथुन : दिन राम्रो छ। धर्मकर्ममा मन जानेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथ सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या आउन सक्छ। विज्ञसँग सुझाव लिएर गरेको काममा फाइदा हुनेछ। आकस्मिक लाभ प्राप्त होला।

सिंह : दिन सामान्य छ। अनावश्यक क्षेत्रमा खर्च बढ्नेछ। यात्रामा जोखिम आइपर्ने छ। पठनपाठनमा मन जानेछ। स्वास्थ्यमा भने सुधारका संकेत देखिनेछन्। विश्वास गरेका साथीबाट धोका हुनसक्छ।

कन्या : दिन सामान्य छ। आजको कारोबार डुब्ने जोखिम छ। शिक्षा र स्वास्थ्यको क्षेत्रमा केही सुधारका संकेत देखिनेछन्। राजनीतिमा संकट आइपर्नेछ। विज्ञको सल्लाह लिएर काम गर्नु उचित हुन्छ।

तुला : दिन सामान्य छ। आफन्तबाट अपमान भएको भान हुनेछ। स्वास्थ्यमा समस्या हुँदा मन अशान्त बन्नेछ। धर्मकर्ममा मन जानेछ। संकटमा साथीको साथ मिल्नेछ। परिवारमा भने खटपटी बढ्नेछ।

वृश्चिक : दिन राम्रो छ। पठनपाठनमा बाहेक अन्य क्षेत्रमा प्रगति हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। सामाजिक र राजनीतिक क्षेत्रमा चासो बढ्नेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ। शिक्षामा प्रगति हुनेछ।

धनु : दिन राम्रो छ। परिवारमा मेलमिलाप हुनेछ। समाजसेवाको अवसर प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुने योग छ। हरेक काममा परिवारको साथ र सहयोग मिल्नेछ।

मकर : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। पूराना साथीसँगको भेटले नयाँ योजना बन्नेछ। बन्धुसँगको कार्य एकताले मन प्रशन्न रहनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : दिन राम्रो छ। शिक्षामा जोश जाँगर बढ्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ। परीक्षा लेखेको भए नतिजा राम्रो प्राप्त हुनेछ। व्यापारमा नाफा हुने योग छ।

मीन : दिन सामान्य छ। लगानी गरेको भए घाटा हुने सम्भावना छ। परिवारको साथमा अघि बढेको कामबाट फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा संकट आइपर्ने छ। परिवारमा खटपटी बढ्ने जोखिम छ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  ५ : ०५ बजे

रास्वपाद्वारा बैतडी बस दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बैतडीको पुर्चौंडी नगरपालिका–७ स्थित वडूगाउँ

हवल्दार नै रास्वपाको चुनावी प्रचारमा लागेपछि पुगे हिरासत

काठमाडौं- नेपाल प्रहरीका एकजना बहालवाला हवल्दार नै राष्ट्रिय स्वतन्त्र पार्टीको

कूटनीतिक दबाबपछि यूएईद्वारा सयभन्दा बढी अफगान कैदी रिहा

दुबई- संयुक्त अरब इमिरेट्स (यूएई)ले अफगानिस्तानको विदेश मन्त्रालयको विशेष निर्देशन

फेरि समातिए दुर्गा प्रसाईं

काठमाडौं- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक

कांग्रेस सभापति बनेपछि गगन पहिलोपटक पोखरामा, मुख्यमन्त्री पाण्डेले गरे स्वागत

गण्डकी– नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पोखरा आएका छन् ।