बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? | Khabarhub Khabarhub

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३८ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९० रुपैयाँ ४ पैसा र बिक्रीदर १९० रुपैयाँ ८५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७७ रुपैयाँ २७ पैसा र बिक्रीदर १७८ रुपैयाँ २ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ १८ पैसा र बिक्रीदर ९३ रुपैयाँ ५७, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ६५ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८ पैसा निर्धारण गरिएको छ ।

सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८९ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २९ पैसा र बिक्रीदर नौ रुपैयाँ ६५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ९१ पैसा र बिक्रीदर २० रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ८० पैसा र बिक्रीदर ३७ रुपैयाँ ९६ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ९० पैसा र बिक्रीदर ३९ रुपैयाँ ६ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ३६ पैसा र बिक्रीदर चार रुपैयाँ ३८ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ६० पैसा र बिक्रीदर ३८ रुपैयाँ ७६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ७७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९५ पैसा र बिक्रीदर ९ रुपैयाँ ९९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ४ पैसा र बिक्रीदर १५ रुपैयाँ ११ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ८ पैसा र बिक्रीदर २२ रुपैयाँ १७ पैसा तोकिएको छ ।

यस्तै, हङकङ डलर एकको खरिददर १८ रुपैयाँ २२ पैसा र बिक्रीदर १८ रुपैयाँ ३० पैसा, कुवेती दिनार एकको खरिददर ४६४ रुपैयाँ ९ पैसा र बिक्रीदर ४६६ रुपैयाँ ६ पैसा, बहराइन दिनार एकको खरिददर ३७६ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ६६ पैसा, ओमनी रियाल एकको खरिददर ३६८ रुयैयाँ २४ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ८० पैसा ताकिएको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  ५ : ३५ बजे

समीरको ‘कन्फिडेन्ट’ कि ‘ओभर कन्फिडेन्ट’, खुलेयाम भन्छन्- ‘बलिदान’को प्रतिस्पर्धा ‘कांतारा’सँग हो

काठमाडौं – फिल्म ‘बलिदान’को अकुपेन्सी अपेक्षित नभएपछि नायक समीर भट्ट

कुवेतविरुद्धः कुशल र गुल्शनको ब्याट चल्दा बलिङ युनिटले देखायो चमक, फिल्डमा दीपेन्द्रको दबदबा

काठमाडौं – टी-२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोट प्रतिस्पर्धाको पहिलो

तनहुँका स्थानीय तहद्वारा १५ किलोमिटर सडक कालोपत्र

तनहुँ– तनहुँका स्थानीय तहले एक वर्षमा १५ किलोमिटर सडक कालोपत्र

भक्तपुरको गुण्डुमा मखमली फूल टिप्दै किसान (तस्बिरहरू)

भक्तपुर– नेपालीहरूको दोश्रो महानचाड तिहारको आगमनसँगै भक्तपुरको सूर्यविनायक नगरपालिका– ७

यस्तो छ आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका निम्ति