इजरायल र हमासबीच पहिलो चरणको शान्ति योजना हस्ताक्षर, ट्रम्पले भने- यो महान् दिन हो « Khabarhub

इजरायल र हमासबीच पहिलो चरणको शान्ति योजना हस्ताक्षर, ट्रम्पले भने- यो महान् दिन हो


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र प्यालेस्टाइनस्थित विद्रोही समूह हमासले शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरेका जनाएका छन्।

राष्ट्रपति ट्रम्पका अनुसार यो सम्झौताअन्तर्गत सबै बन्धक छिट्टै मुक्त गरिनेछ। इजरायली सेना सहमतिको रेखासम्म फिर्ता हुने छन्। उनले यो सम्झौताले मजबुत, दिगो र स्थायी शान्तिको बाटो खोल्ने विश्वास व्यक्त गरेका छन्।

‘यो अरब र मुस्लिम विश्वका लागि, इजरायलका लागि, वरिपरिका सबै देशका लागि र संयुक्त राज्य अमेरिकाका लागि महान दिन हो’, उनले भनेका छन्, ‘हामी यस ऐतिहासिक र अभूतपूर्व घटनालाई सफल बनाउन सहयोग गर्ने कतार, इजिप्ट र टर्कीका मध्यस्थकर्ताहरूलाई धन्यवाद दिन्छौं।’

उनले अन्त्यमा आफ्नो पहलले सार्थकता पाएकोमा खुसी हुँदै शान्ति गर्नेलाई धन्यसमेत भनेका छन्।

यो सम्झौतालाई मध्यपूर्वमा दशकौंदेखिको हिंसा अन्त्यतर्फ ठूलो कदमका रूपमा हेरिएको छ।

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेर करिब १२ सयको ज्यान लिएको थियो। त्यसयता इजरायलले थालेको प्रत्याक्रमणलाई नरसंहारमा बदलेर ६५ हजार प्यालेस्टाइनबासीको ज्यान लिइसकेको छ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  ६ : ३७ बजे

प्रतिनिधि सभा निर्वाचनका लागि नेपाललाई बंगलादेशी प्रधानमन्त्रीको बधाई

काठमाडौं– बंगलादेशका प्रधानमन्त्री ताहरिक रहमानले नेपालमा फागुन २१ गतेसम्पन्न प्रतिनिधिसभा

समानुपातिकमा रास्वपालाई ऐतिहासिक मत, अन्य दलको कति ? (अपडेट)

काठमाडौं – निर्वाचन आयोग नेपाल ले सार्वजनिक गरेको पछिल्लो विवरण

संखुवासभामा एमालेका अर्जुन कार्की विजयी

काठमाडौं – फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन

अमेरिकी डेमोक्रेटिक सांसद्द्वारा इरानी विद्यालयमा भएको विस्फोटको निष्पक्ष छानबिन गर्न माग

वासिङ्टन – अमेरिकी डेमोक्रेटिक सांसदहरूले सोमबार अमेरिकी रक्षा मन्त्रालय पेन्टागनलाई

मोदीसँग रविले राखे प्राथमिकताका चार विषय, ‘विकास कूटनीति’लाई अघि बढाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री