इजरायल र हमासबीच पहिलो चरणको शान्ति योजना हस्ताक्षर, ट्रम्पले भने- यो महान् दिन हो « Khabarhub

इजरायल र हमासबीच पहिलो चरणको शान्ति योजना हस्ताक्षर, ट्रम्पले भने- यो महान् दिन हो


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र प्यालेस्टाइनस्थित विद्रोही समूह हमासले शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरेका जनाएका छन्।

राष्ट्रपति ट्रम्पका अनुसार यो सम्झौताअन्तर्गत सबै बन्धक छिट्टै मुक्त गरिनेछ। इजरायली सेना सहमतिको रेखासम्म फिर्ता हुने छन्। उनले यो सम्झौताले मजबुत, दिगो र स्थायी शान्तिको बाटो खोल्ने विश्वास व्यक्त गरेका छन्।

‘यो अरब र मुस्लिम विश्वका लागि, इजरायलका लागि, वरिपरिका सबै देशका लागि र संयुक्त राज्य अमेरिकाका लागि महान दिन हो’, उनले भनेका छन्, ‘हामी यस ऐतिहासिक र अभूतपूर्व घटनालाई सफल बनाउन सहयोग गर्ने कतार, इजिप्ट र टर्कीका मध्यस्थकर्ताहरूलाई धन्यवाद दिन्छौं।’

उनले अन्त्यमा आफ्नो पहलले सार्थकता पाएकोमा खुसी हुँदै शान्ति गर्नेलाई धन्यसमेत भनेका छन्।

यो सम्झौतालाई मध्यपूर्वमा दशकौंदेखिको हिंसा अन्त्यतर्फ ठूलो कदमका रूपमा हेरिएको छ।

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेर करिब १२ सयको ज्यान लिएको थियो। त्यसयता इजरायलले थालेको प्रत्याक्रमणलाई नरसंहारमा बदलेर ६५ हजार प्यालेस्टाइनबासीको ज्यान लिइसकेको छ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  ६ : ३७ बजे

पर्यटन बोर्डले मनायो २७औँ स्थापना दिवस, नेपाल-आसियान पर्यटन वर्ष २०२६ घोषणा

काठमाडौं– नेपाल पर्यटन बोर्डले आफ्नो २७औँ स्थापना दिवसको अवसरमा ‘नेपाल–आसियान

गाजाको मानवीय अवस्थाप्रति विश्वव्यापी चिन्ता

एजेन्सी– क्यानडा, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, आइसल्याण्ड, जापान, नर्वे, स्वीडेन, स्विट्जरल्याण्ड

‘अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि कूटनीतिक पहल आवश्यक’ 

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित

माली र बुर्किना फासोद्वारा अमेरिकी नागरिकमाथि प्रतिबन्ध

एजेन्सी – माली र बुर्किना फासोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा

पुसभित्र विशेष महाधिवेशन गर्ने बाटोमा अगाडि बढ्याैँ : कांग्रेस महामन्त्री थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आम जनताको परिवर्तनको आकाङ्क्षा