इजरायल-हमास सहमति : यी हुन् शान्ति सम्झौताका मुख्य बुँदा | Khabarhub Khabarhub

इजरायल-हमास सहमति : यी हुन् शान्ति सम्झौताका मुख्य बुँदा


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

कायरो – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इजरायल र हमास दुवैले गाजाक्षेत्रमा जारी युद्ध रोकेर शान्ति स्थापनाका लागि सहमति गरेको जनाएका छन् ।

सहमतिअनुसार बन्दीको मुद्दामा आफ्नो शान्ति योजनाको पहिलो चरणलाई दुवै पक्षले स्वीकार गर्ने ट्रम्पले ट्रुथ सोसियलमा घोषणा गरेका छन् । उनले यसलाई ऐतिहासिक र अभूतपूर्व कदमका रूपमा व्याख्या गरेका छन् ।

सम्झौताका मुख्य बुँदा

  • दुवै पक्षले सबै जीवित बन्दी चाँडै नै रिहा गर्ने।
  • इजरायली सेनाले आफ्ना सैनिक सहमत सीमामा फिर्ता बोलाउने।
  • युद्धविराम लागू हुने ।
  • हमासबाट हुने बन्दीको रिहाइको बदलामा इजरायलले २५० जना आजीवन कैद सजाय भोगिरहेका र १,७०० गाजावासी कैदीलाई रिहा गर्ने ।

प्रतिक्रिया

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यस सम्झौतालाई इजरायलका लागि ठूलो दिन भनेका छन् । उनले भने, ‘हामी सबै बन्दीलाई घर ल्याउँदैछौं। यो एक कूटनीतिक सफलता र इजरायल राज्यको लागि राष्ट्रिय तथा नैतिक जित हो।’

यसैबीच नेतन्याहू र ट्रम्पबीच ‘भावनात्मक’ फोन कल भएको छ । सम्झौताको घोषणापछि दुवै नेताहरूबीच ‘धेरै भावनात्मक र नजिकको कुराकानी’ भएको अलजजिराले लेखेको छ । फोन संवादका क्रममा नेतन्याहूले ट्रम्पलाई इजरायली संसद (क्नेसेट) मा सम्बोधन गर्न आमन्त्रित गरेका छन् ।

उता हमासले सम्झौताको पुष्टि गर्दै यसको कार्यान्वयनमा जोड दिएको छ। उनले अन्तर्राष्ट्रिय समुदायलाई इजरायललाई सम्झौताका सर्तहरू पूरा गर्न बाध्य गर्न आह्वान गरेको छ ।

बन्दी परिवारले के भने ?

इजरायलमा बन्दीहरूका परिवारहरूले यो खबरलाई उत्साह, प्रत्याशा, र चिन्ताको रूपमा स्वागत गरेका छन् ।

बन्दीहरूको लागि पहल गर्दै आएको ‘द होस्टेजेस एण्ड मिसिङ्ग फैमिलिज फोरम’ ले ट्रम्पलाई ‘प्रतिबद्धता र दृढताको’ लागि धन्यवाद दिएको छ ।

यसरी भयो पहल

यो सम्झौता केही हप्तादेखि चलेको जटिल कूटनीतिक प्रयासको नतिजा हो। यही सेप्टेम्बरमा ट्रम्पले आफ्नो २०-बुँदे शान्ति योजना सार्वजनिक गरेका थिए ।

यसैबीच, नेतन्याहू र ट्रम्पबीच मतभेदबारेमा पनि खबरहरू आएका थिए । जसमा ट्रम्प नेतन्याहूको सैन्य रणनीतिबाट निराश थिए । तर अन्ततः दुवै पक्षले सम्झौतामा सहमति जनाउन सफल भएका छन्।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  ७ : ०२ बजे

ला लिगा – शीर्ष स्थानको रियल म्याड्रिड बराबरीमा रोकियो

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल म्याड्रिड

पाँच वर्षमा ६ पटक म्याद थपिएपछि सडक कालोपत्र गरिँदै

बागलुङ– निर्माण व्यवसायीको लापरबाहीले जीर्ण बनेको बागलुङको काठेखोला गाउँपालिका– ७

कर्णालीमा ‘विश्व भोकमरी सूचकाङ्क– २०२५’ को प्रतिवेदन सार्वजनिक

कर्णाली– कर्णालीमा ‘विश्व भोकमरी सूचकाङ्क– २०२५’ को प्रतिवेदन सार्वजनिक गरिएको

प्रिमियर लिग : लिभरपुलको पोस्टमा सिटी गर्‍यो तीन गोल

काठमाडौं – इङ्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर

ला लिगा : लेवान्डोस्कीको ह्याट्रिकमा बार्सिलोनाको शानदार जित

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले सेल्टा