इजरायल-हमास सहमति : यी हुन् शान्ति सम्झौताका मुख्य बुँदा « Khabarhub

इजरायल-हमास सहमति : यी हुन् शान्ति सम्झौताका मुख्य बुँदा


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

कायरो – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इजरायल र हमास दुवैले गाजाक्षेत्रमा जारी युद्ध रोकेर शान्ति स्थापनाका लागि सहमति गरेको जनाएका छन् ।

सहमतिअनुसार बन्दीको मुद्दामा आफ्नो शान्ति योजनाको पहिलो चरणलाई दुवै पक्षले स्वीकार गर्ने ट्रम्पले ट्रुथ सोसियलमा घोषणा गरेका छन् । उनले यसलाई ऐतिहासिक र अभूतपूर्व कदमका रूपमा व्याख्या गरेका छन् ।

सम्झौताका मुख्य बुँदा

  • दुवै पक्षले सबै जीवित बन्दी चाँडै नै रिहा गर्ने।
  • इजरायली सेनाले आफ्ना सैनिक सहमत सीमामा फिर्ता बोलाउने।
  • युद्धविराम लागू हुने ।
  • हमासबाट हुने बन्दीको रिहाइको बदलामा इजरायलले २५० जना आजीवन कैद सजाय भोगिरहेका र १,७०० गाजावासी कैदीलाई रिहा गर्ने ।

प्रतिक्रिया

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यस सम्झौतालाई इजरायलका लागि ठूलो दिन भनेका छन् । उनले भने, ‘हामी सबै बन्दीलाई घर ल्याउँदैछौं। यो एक कूटनीतिक सफलता र इजरायल राज्यको लागि राष्ट्रिय तथा नैतिक जित हो।’

यसैबीच नेतन्याहू र ट्रम्पबीच ‘भावनात्मक’ फोन कल भएको छ । सम्झौताको घोषणापछि दुवै नेताहरूबीच ‘धेरै भावनात्मक र नजिकको कुराकानी’ भएको अलजजिराले लेखेको छ । फोन संवादका क्रममा नेतन्याहूले ट्रम्पलाई इजरायली संसद (क्नेसेट) मा सम्बोधन गर्न आमन्त्रित गरेका छन् ।

उता हमासले सम्झौताको पुष्टि गर्दै यसको कार्यान्वयनमा जोड दिएको छ। उनले अन्तर्राष्ट्रिय समुदायलाई इजरायललाई सम्झौताका सर्तहरू पूरा गर्न बाध्य गर्न आह्वान गरेको छ ।

बन्दी परिवारले के भने ?

इजरायलमा बन्दीहरूका परिवारहरूले यो खबरलाई उत्साह, प्रत्याशा, र चिन्ताको रूपमा स्वागत गरेका छन् ।

बन्दीहरूको लागि पहल गर्दै आएको ‘द होस्टेजेस एण्ड मिसिङ्ग फैमिलिज फोरम’ ले ट्रम्पलाई ‘प्रतिबद्धता र दृढताको’ लागि धन्यवाद दिएको छ ।

यसरी भयो पहल

यो सम्झौता केही हप्तादेखि चलेको जटिल कूटनीतिक प्रयासको नतिजा हो। यही सेप्टेम्बरमा ट्रम्पले आफ्नो २०-बुँदे शान्ति योजना सार्वजनिक गरेका थिए ।

यसैबीच, नेतन्याहू र ट्रम्पबीच मतभेदबारेमा पनि खबरहरू आएका थिए । जसमा ट्रम्प नेतन्याहूको सैन्य रणनीतिबाट निराश थिए । तर अन्ततः दुवै पक्षले सम्झौतामा सहमति जनाउन सफल भएका छन्।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  ७ : ०२ बजे

अल्पकालीन लोकप्रियताभन्दा दीर्घकालीन आर्थिक सुधारमा केन्द्रित छ बजेट : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट अल्पकालीन

एमसिए नेपालद्वारा ४५० हेक्टरमा वृक्षारोपण गर्न सम्झौता

काठमाडौं– मिलेनियम च्यालेञ्ज एकाउण्ट (एमसिए) नेपालले विद्युत् प्रसारण आयोजनाबाट प्रभावित हुने

लुम्बिनी प्रदेशको बजेटको आकार ३७ अर्ब ३८ करोड ४५ लाख

काठमाडौं– लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्षको लागि ३७ अर्ब ३८

सम्झौताका बाबजुद पनि अमेरिकाप्रति गहिरो अविश्वास कायमै : इरान

एजेन्सी– युद्ध अन्त्य गर्ने उद्देश्यका साथ सहमति भए पनि तेहरानले

मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती

मुस्ताङ–  धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला, मुस्ताङमा पछिल्लो समय फोहरमैला