मनसुनी र स्थानीय वायुको प्रभाव कमजोर, केही भूभागमा हल्का वर्षा हुने « Khabarhub

मनसुनी र स्थानीय वायुको प्रभाव कमजोर, केही भूभागमा हल्का वर्षा हुने


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पश्चिमी भागका धेरै र गण्डकी प्रदेशका पश्चिमी भेगका केही स्थानमा पश्चिमी वायुको प्रभाव रहेको तथा बाँकी भूभागमा मनसुनी एवं स्थानीय वायुको प्रभाव कमजोर रहेको जनाएको छ ।

महाशाखाका अनुसार हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधारणतया बदली रहेको छ । बाँकी पहाडी भूभागमा आंशिक बदली रही बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेशको थोरै स्थान, कर्णाली, लुम्बिनी र बागमती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । देशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । साथै यी प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

आज सूर्योदय बिहान ६ बजे भयो भने सूर्यास्त साँझ ५ बजेर ४२ मिनेटमा हुनेछ ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  ७ : ०५ बजे

एमालेले ओली-लेखकको मुद्दा उठाउँदा कांग्रेस र अन्य प्रतिपक्षी मौन

काठमाडौं- नेकपा एमालेले बिहीबार सुरू भएको दुवै सदनको बैठकमा नेकपा

शिक्षा क्षेत्रलाई प्रभावकारी बनाउन महावीर पुनले गराए सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाका स्वतन्त्र सांसद महावीर पुनले नेपालको शिक्षा क्षेत्रलाई प्रभावकारी

राष्ट्रियसभा बैठक : कामका आधारमा सरकारको मूल्यांकन गरिने

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले नव गठित सरकारलाई रचनात्मक सहयोग

रामबहादुरले टिओबीको नाम लिँदा गृहमन्त्री गुरुङ डराएझैँ गरेर रिसाए ?

काठमाडौं– एमाले उपाध्यक्ष रामबहादुर थापाले संसदमा टिओबीको नाम लिँदा गृहमन्त्री

गृहमन्त्रीले प्रतिनिधिसभामा पेस गरे तीन अध्यादेश, अर्को बैठक चैत्र २२ गते

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन अध्यादेश पेस गरेका