यस्तो छ आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य « Khabarhub

यस्तो छ आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका निम्ति कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २६, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ४३, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो २५, आलु रातो प्रतिकिलो ५४, आलु रातो (भारतीय) प्रतिकिलो ३८, आलु रातो (मुडे) प्रतिकिलो ४८, आलु सेतो प्रतिकिलो ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३७ रुपैयाँ ताेकिएकाे छ ।

यस्तै, गाजर (लोकल) प्रतिकिलो ११०, गाजर (तराई) प्रतिकिलो ९५, लोकल बन्दा प्रतिकिलो ७०, बन्दा तराई प्रतिकिलो ५५, काउली स्थानीय प्रतिकिलो ६०, काउली तराई प्रतिकिलो ५०, रातो मूला प्रतिकेजी ६५, सेतो मूला (लोकल) प्रतिकिलो ४५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ५५, भन्टा लाम्चो प्रतिकिलो ३५, भन्टा डल्लो प्रतिकिलो ४५, तने बोडी प्रतिकिलो १२०, मकै बोडी प्रतिकिलो ७०, मटरकोसा प्रतिकिलो २२० रुपैयाँ कायम गरिएको छ ।

यसैगरी, घिउसिमी (लोकल) प्रतिकिलो १२०, घिउसिमी (हाइब्रिड) प्रतिकिलो १००, घिउसिमी (राजमा) प्रतिकिलो २२०, टाटेसिमी प्रतिकिलो ६०, भटमास कोसा प्रतिकिलो ८५, तितेकरेला प्रतिकिलो ५०, लौका प्रतिकिलो ६०, परबर (लोकल) प्रतिकिलो ७०, परबर (तराई) प्रतिकिलो ७०, चिचिन्डो प्रतिकिलो ४०, घिरौँला प्रतिकिलो ५०, फर्सी पाकेको प्रतिकिलो ७०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो ७० हरियो फर्सी (डल्लो) प्रतिकिलो ४०, सलगम प्रतिकिलो ९०, सखरखण्ड प्रतिकिलो ८०, बरेला प्रतिकिलो १२० रुपैयाँ कायम गरिएको छ । 

पिँडालु प्रतिकिलो ८०, इस्कुस प्रतिकिलो १५, रायोको साग प्रतिकिलो १२०, पालुंगोको साग प्रतिकिलो ११०, चम्सुर प्रतिकिलो १५०, तोरीको साग प्रतिकिलो ८०, हरियो प्याज प्रतिकिलो ८०, च्याउ (कन्य) प्रतिकिलो १९०, च्याउ (डल्ले) प्रतिकिलो ३००, कुरिलो प्रतिकिलो ४५०, निगुरो प्रतिकिलो ८० रुपैयाँ निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो १८०, चुकुन्दर प्रतिकिलो ७०, रातो बन्दा प्रतिकिलो १८०, जिरीको साग प्रतिकिलो १८०, सेलरी प्रतिकिलो ३००, सौफको साग प्रतिकिलो १४०, पुदिना प्रतिकिलो ६००, गन्टे प्रतिकिलो ७०, इमली प्रतिकिलो १८०, तामा प्रतिकिलो १२०, तोफु प्रतिकिलो १४०, गुन्द्रुक प्रतिकिलो ३०० रुपैयाँ तोकिएको छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो २५०, स्याउ (फुजी) प्रतिकिलो ३००, केरा (दर्जन) १४५, कागती प्रतिकिलो १५०, अनार प्रतिकिलो ३५०, सुन्तला (भारतीय) प्रतिकिलो १५०, तरबुजा हरियो प्रतिकिलो ७०, मौसम प्रतिकिलो १८०, जुनार प्रतिकिलो २५०, भुइँकटहर प्रतिगोटा १६०, काँक्रो (लोकल) प्रतिकिलो ८०, काँक्रो (हाइब्रिड) प्रतिकिलो ४०, नास्पाती (लोकल) प्रतिकिलो ९०, नास्पाती (चाइनिज) प्रतिकिलो २४०, मेवा (नेपाली) प्रतिकिलो ५५, मेवा (भारतीय) प्रतिकिलो १००, अम्बा प्रतिकिलो १००, लप्सी प्रतिकिलो ६५, किबी प्रतिकिलो ३००, सरिफा प्रतिकिलो १२०, आभोकाडो प्रतिकिलो ३५० रुपैयाँ निर्धारण गरेको छ ।

यसैगरी, अमला प्रतिकिलो ८५, अदुवा प्रतिकिलो १२०, सुकेको खुर्सानी प्रतिकिलो ४००, खुर्सानी हरियो प्रतिकिलो ६०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो ६०, खुर्सानी हरियो (माछे) प्रतिकिलो ११०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो १५०, भेडे खुर्सानी प्रतिकिलो १२०, हरियो धनियाँ प्रतिकिलो ११०, हरियो लसुन प्रतिकिलो १६०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो २२०, लसुन सुकेको (नेपाली) प्रतिकिलो १६०, छ्यापी सुकेको प्रतिकिलो २००, छ्यापी हरियो प्रतिकिलो २००, माछा सुकेको प्रतिकिलो एक हजार, ताजा माछा (रहु) प्रतिकिलो ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो २८०, ताजा माछा (छडी) प्रतिकिलो २३०, रुख टमाटर प्रतिकिलो २००, राजा च्याउ प्रतिकिलो ३०० र सिताके च्याउ प्रतिकिलो एक हजार रुपैयाँ निर्धारण गरिएको छ । (रासस)

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  ९ : ५२ बजे

दक्षिण कोरियाकाअपदस्थ राष्ट्रपति दम्पतीमाथि दोहोरो सजाय

सियोल – दक्षिण कोरियामा सत्ताबाट हटाइएका राष्ट्रपति युन सुक योलसँग

आइपीएल : पञ्जाबले राजस्थानलाई दियो २२३ रनको लक्ष्य

काठमाडौं – पञ्जाब किंग्सले आईपीएलको ४०औं खेलमा राजस्थान रोयल्सलाई २२३

संसद रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम हो : आङ्देम्बे

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदको

चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना

चितवन – चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र भएका

काठमाडौं महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस

काठमाडौं – काठमाडौं महानगरपालिकाको निर्देशनपछि धादिङ र नुवाकोटसम्म सञ्चालन हुने