हमाससँग सम्झौतापछि ट्रम्प आइतबार इजरायल जाने, ‘कनेस्सेट’मा सम्बोधन गर्ने « Khabarhub

हमाससँग सम्झौतापछि ट्रम्प आइतबार इजरायल जाने, ‘कनेस्सेट’मा सम्बोधन गर्ने


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आइतबार इजरायल भ्रमणमा निस्किने भएका छन् । प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको निमन्त्रणामा ट्रम्पले इजरायली संसद् (कनेस्सेट) मा सम्बोधन गर्ने छन् ।

बिहीबार बिहान नेतन्याहू र ट्रम्पबीच टेलिफोन संवाद भएको थियो । प्रधानमन्त्री कार्यालयका अनुसार दुवै नेताले सबै बन्धक मुक्त गर्ने सम्झौतामा हस्ताक्षर भएको ऐतिहासिक उपलब्धिका लागि एकअर्कालाई बधाई दिएका छन् ।

प्रधानमन्त्री कार्यालयले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘प्रधानमन्त्री नेतन्याहूले राष्ट्रपति ट्रम्पलाई उहाँको प्रयास र विश्वव्यापी नेतृत्वका लागि धन्यवाद व्यक्त गर्नुभयो । राष्ट्रपति ट्रम्पले नेतन्याहूको दृढ नेतृत्व र कार्यको प्रशंसा गर्नुभयो। दुवै नेताले निकट सहकार्यलाई निरन्तरता दिने सहमति जनाए ।’

यो संवाद त्यहीबेला भएको थियो जब राष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोसलमार्फत् इजरायल र हमासले युद्धविराम योजनाको पहिलो चरणमा हस्ताक्षर गरिसकेका छन् ।

ट्रम्पले लेखे, ‘म गर्वका साथ घोषणा गर्छु, इजरायल र हमास दुवैले हाम्रो शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरेका छन् । यसले सबै बन्धकहरू छिट्टै मुक्त हुनेछन् । इजरायली सेना सहमतिको रेखासम्म फिर्ता हुनेछन् । यो सबै पक्षका लागि निष्पक्ष सम्झौता हो । यो अरब र मुस्लिम विश्व, इजरायल, वरिपरिका देशहरू र संयुक्त राज्य अमेरिकाका लागि महान दिन हो। हामी यस ऐतिहासिक घटनालाई सफल बनाउन सहयोग गर्ने कतार, इजिप्ट र टर्कीका मध्यस्थहरूलाई धन्यवाद दिन्छौं। धन्य हुन् शान्तिका दूतहरू।’

नेतन्याहूले ट्रम्पको घोषणापछि प्रतिक्रिया दिँदै भने, ‘दृढ सङ्कल्प, बलियो सैन्य कार्य र राष्ट्रपति ट्रम्पको असाधारण प्रयासका कारण हामी यस निर्णायक मोडमा पुगेका छौँ । म राष्ट्रपति ट्रम्पलाई उहाँको नेतृत्व, साझेदारी र इजरायलको सुरक्षाप्रतिको अविचल प्रतिबद्धताका लागि धन्यवाद दिन्छु। भगवान इजरायल, अमेरिका र हाम्रो महान साझेदारीलाई आशीर्वाद दिनुहोस् ।’

इजरायली विपक्षी नेता याएर लापिदले पनि सम्झौताप्रति स्वागत जनाउँदै लेखे, ‘हामी आफ्ना छोराछोरीका लागि सास रोकेर बसेका छौँ । धन्यवाद, राष्ट्रपति ट्रम्प । हाम्रा छोराहरू आफ्ना सीमामा फर्किनेछन् ।’

हमासले पनि सम्झौताको पुष्टि गर्दै ट्रम्प र संलग्न अरब तथा मुस्लिम देशहरूप्रति आभार व्यक्त गरेको छ । समूहले अन्तर्राष्ट्रिय समुदायलाई इजरायलले सम्झौताका सर्तहरू पालना गर्ने सुनिश्चित गर्न आग्रह गरेको छ ।

एसोसिएटेड प्रेसका अनुसार जीवित २० जना बन्धकहरू आइतबारसम्म मुक्त गरिने अपेक्षा गरिएको छ । इजरायली अधिकारीहरूले यो शनिबार नै सुरु हुन सक्ने बताएका छन् । सबै बन्धकहरूलाई एउटै चरणमा फिर्ता गरिनेछ ।

हमासले २८ मध्ये ९ जना मृतक बन्धकहरूको अवस्थाबारे जानकारी नभएको बताएको छ । बाँकीका अवशेषहरू फिर्ता गर्ने वचन दिएको छ । समूहले बन्धकहरू मुक्त गर्दा सार्वजनिक समारोह नगर्ने सहमति पनि जनाएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  ११ : २१ बजे

सहिदको छोरी आकृतिको सपना देशको सेवा गर्ने

नारायणगढ– भरतपुर महानगरपालिका–११ बसेनीस्थित जेनजी आन्दोलनका सहिद सारकुमार राईको घर

ओलीलाई नेतृत्व छाड्न दबाब बढ्दै, महासचिव पोखरेल पनि विपक्षमा उभिए

काठमाडौं- नेकपा एमालेभित्र नेतृत्व परिवर्तनका विषयमा आन्तरिक बहस तीव्र बनेको

चार महिनामा २०९ जनाले लिए आमाको नामबाट नागरिकता

जलेश्वर – विगत चार महिनामा २०९ जनाले आमाको नामबाट नागरिकता

बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

बागमती– हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडकअन्तर्गत मकवानपुरको मकवानपुरगढी–२ सिखरकटेरीमा आज दिउँसो

नेपालगन्जमा पाँच किलो अफिमसहित पक्राउ

नेपालगञ्ज– सशस्त्र प्रहरीले आज नेपालगञ्जमा अवैध लागू औषध  अफिम र