बाढीपहिरोका कारण तीन प्रदेशका नौ राजमार्ग अवरुद्ध « Khabarhub

बाढीपहिरोका कारण तीन प्रदेशका नौ राजमार्ग अवरुद्ध


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न ठाउँमा परेको वर्षाका कारण बाढिपहिरो जाँदा तीन प्रदेशका नौ मुख्य राजमार्ग अवरुद्ध भएको छ ।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार वर्षाका कारण कोशी, बागमती र कर्णाली प्रदेशका नौ राजमार्ग अवरुद्ध भएका हुन् ।

अवरुद्ध हुनेमा सङ्खुवासभाको भोटखोला गाउँपालिका वडा नं ४ वरुणखोलास्थित कोशी राजमार्ग र सोही जिल्लाको मकालु गाउँपालिका वडा नं ३ एकुवास्थित कोशी राजमार्ग अवरुद्ध भएका छन् ।

यस्तै बाढीपहिरोलो इलामको इलाम नगरपालिका वडा नं ९ राजदुवालीस्थित मेची राजमार्ग र पाँचथरको पाँचथर तुम्बेवा गाउँपालिका वडा नं २ नावाखोलास्थित तमोर करिडोरसमेत अवरुद्ध भएको प्रहरी केन्द्रीय प्रवक्ता, प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

यसैगरी रसुवाको गोसाइकुण्ड गाउँपालिका वडा नं २ स्थित पासाङ ल्हामु सडकखण्ड, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं ११ माम्तीखोलास्थित बीपी राजमार्ग र सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नं १ नेपालथोकस्थित बीपी राजमार्गसमेत अवरुद्ध भएको छ ।

यस्तै हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नं ५ कुरिल्लास्थित कर्णाली करिडोर र कालिकोटको पचालझरना गाउँपालिका वडा नं ८ जुगेनीखोलास्थित कर्णाली करिडोरसमेत पूर्णरुपमा अवरुद्ध भएको प्रहरी प्रवक्ता घिमिरेले बताए ।

वर्षाका कारण धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं १ स्थित कोशी लोकमार्ग, मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं ८ बगुवाखोलास्थित कान्ति लोकपथ सडक र मकवानपुरकै वकैया गाउँपालिका वडा नं ११ घटटेपाखास्थित कान्ति लोकपथ एकतर्फीरुपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।  रासस

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  १२ : ०९ बजे

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वोङबीच भेटवार्ता

न्यूयोर्क – परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङबीच

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द

चितवन : पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड अर्को सूचना जारी

विपद्पछिको पुनर्निर्माणमा अस्ट्रेलिया नेपालको साथमा छ : अस्ट्रेलियाली प्रधानमन्त्री

न्यूयोर्क – अस्ट्रेलियाका प्रधानमन्त्रीले विनाशकारी बाढी र पहिरोबाट सिर्जित संकटसँग

पहिरोले बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक – अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध

शुक्रबार बिहानैदेखि देशका अधिकांश भागमा वर्षा, धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले