ओलीलाई चुनौती दिँदै मिश्रले भने- ‘नालायक’ साबित प्रतिनिधि सभा ब्युँताउने आन्दोलनमा लाग्दिनँ « Khabarhub

ओलीलाई चुनौती दिँदै मिश्रले भने- ‘नालायक’ साबित प्रतिनिधि सभा ब्युँताउने आन्दोलनमा लाग्दिनँ


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका केन्द्रीय सदस्य सोमप्रसाद मिश्रले पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रतिनिधिसभा ब्युँताउने आन्दोलन थाल्न दिएको अभिव्यक्तिप्रति असहमति जनाएका छन् । 

उनले फेसबुकमार्फत स्पष्ट रूपमा त्यस्तो अनावश्यक कदममा सहभागी नहुने बताएका छन्। मिश्रले बिहीबार फेसबुकमार्फत ओलीको निर्देशनमा तीव्र प्रतिक्रिया सार्वजनिक गरेका हुन्।

मिश्रले आफ्नो पोस्टमा विघटित प्रतिनिधि सभालाई इतिहासकै ‘सबैभन्दा असफल’ र ‘नालायक’ सदन भएको लेख्दै यसबारे  विस्तृत रूपमा कारण पनि उल्लेख गरेका छन्। 

तीन वर्षे कार्यकालमा पारित न गर्न सकिएका तथा संसद्को मर्यादामा धक्का पुर्‍याउने कानुनी तथा व्यवस्थागत असफलता ।

निजामती कर्मचारी विधेयक, विद्यालय शिक्षा विधेयक, नेपाल प्रहरी विधेयक र सशस्त्र प्रहरी विधेयकजस्ता महत्त्वपूर्ण विधेयक पारित हुन नसक्नु।

कार्यपालिकामाथि संसदीय नियन्त्रण र सन्तुलनको पूर्ण अभाव ।

ठूला भ्रष्टाचारका प्रकरणमा अन्देखा गर्नेजस्ता कमजोरी र पारदर्शिता अभाव ।

असन्तुलित र लाजलाग्दो बजेट निर्माण तथा बिचौलियाको भागबन्डामा संसद्को संलग्नता ।

कतिपय सांसदहरू भ्रष्टाचार, अनियमितता र नैतिकताको प्रश्नमा फस्नु ।

राज्य र संविधान सुरक्षा गर्न नसक्नु र अन्ततः देशलाई व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाविहीन अवस्थातर्फ पुर्‍याउनु।

मिश्रले ती सबै कमजोरी र लज्जास्पद कामकाजलाई हेर्दा व्यक्तिगत रूपमा ‘असक्षम, नालायक र राष्ट्रलाई बरबादीको अवस्थामा पुर्‍याउन भूमिका खेल्ने’ प्रतिनिधि सभा पुनर्स्थापना वा त्यसका लागि सडकमा आन्दोलन गर्ने पक्षमा नउभिने  बताएका छन्। उनले विघटनको २५ दिन पछिसम्म संसद्ले पर्याप्त आवाज नउठाएको र अब लोकप्रिय नारा नभएको पनि उल्लेख गरेका छन्।

जेन-जी आन्दोलनपछिका घटनाक्रमबारे ओलीका अभिव्यक्तिलाई लिएर नेताहरूमा प्रश्न उठिरहेको उल्लेख छ। मिश्रको यो स्पष्ट असहमति सार्वजनिक भए पनि पार्टीभित्रको वैचारिक बहस र प्रतिक्रिया कस्तो आउँछ भन्ने विषयमा थप विवरण अहिलेसम्म उपलब्ध भएको छैन।

ओलीले बुधबार केही जिल्ला कमिटी अध्यक्षसहितका नेताहरूको उपस्थितिमा भएको भर्चुअल बैठकमा अब प्रतिनिधि सभा ब्युँताउन आन्दोलन थाल्नुपर्ने भनेर दिएको अभिव्यक्तिमाथि नेताहरूले प्रश्न उठाउन थालेका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  १२ : १६ बजे

विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदीप ज्ञवाली

काठमाडौँ– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न सरकारसँग जेनजी मुभमेन्टको माग

काठमाडौँ– जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङलाई तत्काल पदबाट बर्खास्त

सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने

काठमाडौँ– सरकारले अबदेखि राष्ट्रसेवक कर्मचारीहरूलाई पाक्षिक (अर्धमासिक) रुपमा तलबभत्ता उपलब्ध

भुइँमान्छेमाथि निर्मम बन्दै सरकार : गरिबको चमेली बोल्दिने कोही छैन !

काठमाडौं- सरकार सुकुम्बासी, सडक अतिक्रमण हटाउने र व्यवस्थित गराउने अभियानमा

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै, पूर्णबहादुरलाई होला त कारवाही ?

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै छ