दुई महिनामा साढे छ करोड भन्सार छलीका समान बरामद « Khabarhub

दुई महिनामा साढे छ करोड भन्सार छलीका समान बरामद


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले चालु आर्थिक वर्षको दुई महिनामा भन्सार छलीका छ करोड ६८ लाख ८१ हजार रुपैयाँ मूल्य पर्ने विभिन्न थरिका सामान बरामद गरेको छ ।

सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरीले साउन र भदौ महिनामा भन्सार छली गरेर भित्रिएका चार करोड ३३ लाख ५७ हजार पाँच सय ६८ रुपैयाँ मूल्य पर्ने सामान वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरेको छ ।

 त्यस्तै साउन र भदौ महिनामा विलविजकभन्दा बढी सामान भएका दुई करोड ३५ लाख २३ हजार पाँच सय ८२ रुपैयाँ मूल्य पर्ने सामान पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाएको छ । 

जबकी सशस्त्र प्रहरीले आव २०८१/८२ को साउन र भदौ महिनामा भने भन्सार छली गरेका सात करोड १० लाख २१ हजार आठ सय ६१ रुपैयाँ मूल्य पर्ने सामान वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरेको थियो । 

त्यस्तै गत आवको दुई महिनामा एक करोड ९२ लाख ५३ हजार छ सय ८७ रुपैयाँ मूल्य पर्ने बिलविजकभन्दा बढी भएका सामान भने पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाएको छ ।

सशस्त्र प्रहरी बल पर्साका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले सशस्त्र प्रहरीले सीमा क्षेत्रमा कडाई गरेसँगै भन्सार छली तथा बिलविजकभन्दा बढीका सामान बरामद हुने क्रममा केही कमी आएको बताए । ‘सशस्त्र प्रहरीले सीमा क्षेत्रमा कडाइ गरेसँगै वीरगञ्ज भन्सारको राजस्व सङ्कलनमा उल्लेखनीय वृद्धि भएको छ,’ उनले भने, ‘भन्सार छलीका सामान धेरै भित्रिदा भने राजस्व सङ्कलनमा कमी हुने गर्दछ ।’

गणपति भट्टले पर्साको सीमावर्ती क्षेत्रमा हुनसक्ने सम्भावित अवैध चोरी पैठारी र निकासी नियन्त्रणका लागि आवश्यक काम गर्दै आइरहेको बताए । वीरगञ्ज भन्सार कार्यालयले चालु आवको दुई महिनामा ३९ अर्ब १५ करोड राजस्व सङ्कलन गरेको छ । रासस

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  १२ : २३ बजे

सय दिनमा नीतिगत र संस्थागत सुधारमा उल्लेखनीय प्रगति : मुख्यसचिव अर्याल

काठमाडौं– नेपाल सरकारका मुख्यसचिव सुमनराज अर्यालले वर्तमान सरकारले कार्यकालको पहिलो

अमेरिका भ्रमणमा जाने तयारीमा नेतन्याहु, ट्रम्पसँग भेट हुने

तेल अभिभ– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले छिट्टै अमेरिका भ्रमण गर्ने

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं– सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी प्रबन्धलाई

बागमती प्रदेशसभा : दुई विधेयक बहुमतले पारित

मकवानपुर–  बागमती प्रदेशसभाको आजको बैठकले प्रदेश विनियोजन विधेयक २०८३ र

सरकारका १०० दिन : विद्युत् खपत बढाउने र निर्यातलाई व्यवस्थित गर्ने मार्गचित्र तयार

काठमाडौं- सरकारले आर्थिक समृद्धिको प्रमुख आधार स्तम्भका रूपमा ऊर्जा क्षेत्रलाई