पर्सामा नौ सय ६३ उद्योग दर्ता « Khabarhub

पर्सामा नौ सय ६३ उद्योग दर्ता


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– पर्सामा गत आर्थिक वर्ष (आव)मा ९६३ वटा घरेलु तथा साना उद्योग दर्ता भएका छन् । आव २०८०–८१ को तुलनामा गत आवमा ६६ वटा बढी घरेलु तथा साना उद्योग दर्ता भएका हुन् ।

आव २०८०–८१ मा भने ८९७ वटा घरेलु तथा साना उद्योग दर्ता भएका थिए । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख उद्योग अधिकृत पवन पञ्जीयारले जिल्लामा घरेलु तथा साना उद्योग दर्तामा उत्साहजनक रहेको जानकारी दिए ।

‘यहाँका महिला तथा पुरुषले नयाँ उद्यमशीलताको विकासको लागि अग्रसरता देखाइरहनुभएको छ’, उनले भने, ‘आर्थिक नगरी भएकाले पनि नयाँ घरेलु तथा साना उद्योग दर्ता गर्नेको सङ्ख्यामा वृद्धि भएको हो ।’

कार्यालयका अनुसार गत आवमा पर्सामा वाणिज्यतर्फ ७५८ जना उद्योग दर्ता भएका छन् । गत आवमा प्राइभेट फर्म दर्तातर्फ उद्योगमा ८८८ वटा, साझेदारी उद्योगतर्फ १५ वटा र प्राइभेट लिमिटेडतर्फ ६० नयाँ उद्योग दर्ता भएका हुन् ।

गत आवमा प्राइभेट फर्म दर्तातर्फ वाणिज्यमा सात सय ५३, साझेदारी फर्म दर्तातर्फ पाँच रहेका छन् । प्रमुख उद्योग अधिकृत पञ्जीयारका अनुसार गत आवमा उद्योगतर्फ एक हजार ५९८ वटा फर्मले नवीकरण गरेका छन् ।

वाणिज्यतर्फ एक हजार ३९२ वटा फर्मले नवीकरण गरेका छन् । गत आवमा २१० उद्योगको दर्ता खारेजी भएको छ । (रासस)

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  १२ : २२ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००