भारतमा तालिवान विदेशमन्त्रीको ऐतिहासिक भ्रमण, दक्षिण एसियाली कूटनीतिमा नयाँ चरणको संकेत | Khabarhub Khabarhub

भारतमा तालिवान विदेशमन्त्रीको ऐतिहासिक भ्रमण, दक्षिण एसियाली कूटनीतिमा नयाँ चरणको संकेत


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अफगानिस्तानका संयुक्त राष्ट्रसङ्घ–स्वीकृत विदेशमन्त्री आमिर खान मुत्ताकीले बिहीबार भारतको पहिलो औपचारिक भ्रमण आरम्भ गरेका छन् । 

सन् २०२१ मा अमेरिकी नेतृत्वको सेनाको फिर्तीपछि तालिबान पुनः सत्तामा फर्किएयता कुनै पनि शीर्ष तालिवान नेताको यो पहिलो भारत भ्रमण हो ।
मुत्ताकीको भ्रमण संयुक्त राष्ट्र सुरक्षा परिषद् (युएनएससी) ले उgलाई विशेष यात्रा छुट दिएपछि सम्भव भएको हो । 

नयाँदिल्ली पछिल्ला वर्षहरूमा तालिवान सरकारसँग आफ्नो सम्पर्क गहिर्‍याउने प्रयासमा रहेकाले यो भ्रमणलाई भारतको कट्टर प्रतिद्वन्द्वी पाकिस्तानले विशेष चासोका साथ नियालिरहेको बताइन्छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले मुत्ताकीलाई ‘न्यानो स्वागत’ गर्दै विज्ञप्तिमा भने, ‘हामी उहाँसँग द्विपक्षीय सम्बन्ध र क्षेत्रीय विषयहरूमा सार्थक छलफल गर्न उत्सुक छौँ ।’

सन् २०२५ को जनवरीमा दुबईमा भारतका वरिष्ठ कूटनीतिज्ञ विक्रम मिस्रीसँग भेट गरेका मुत्ताकीले यसपटक विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्करसँग उच्चस्तरीय वार्ताको तयारी गरे ।

दुवै पक्षले औपचारिक एजेन्डा सार्वजनिक नगरे पनि विश्लेषकहरूले व्यापार, क्षेत्रीय सुरक्षा र मानवीय सहायतासम्बन्धी विषयहरू छलफलको केन्द्र हुने अनुमान गरेका छन् । भारतले हाल तालिवान सरकारलाई औपचारिक मान्यता दिने सम्भावना भने असम्भाव्य देखिएको छ ।

अन्तर्राष्ट्रिय क्राइसिस ग्रुपका विश्लेषक प्रवीण डोन्टीले भने, ‘नयाँदिल्ली अफगानिस्तानमा आफ्नो प्रभाव पुनःस्थापना गर्न उत्सुक छ र यस दौडमा चीन र पाकिस्तानलाई पछाडि पार्न चाहन्छ ।’

यो भ्रमण हालै रुसमा सम्पन्न तालिवान प्रतिनिधिमण्डलको भेटपछि भएको हो । रुस अहिले तालिबान प्रशासनलाई औपचारिक रूपमा मान्यता दिने पहिलो र एकमात्र देश बनेको छ । 

भारतले तालिवान सत्तामा फर्किएपछि देशबाट पलायन भएका हजारौँ अफगानीलाई लामो समयदेखि आश्रय दिँदै आएको छ । सन् २०२३ मा नयाँदिल्लीस्थित अफगान दूतावास बन्द भए पनि मुम्बई र हैदराबादका वाणिज्य दूतावासहरूले अझै सीमित सेवा सञ्चालन गरिरहेका छन् । भारतले काबुलमा आफ्नो उपस्थितिलाई मानवीय सहायताको समन्वयमा केन्द्रित रहेको बताएको छ ।

तालिबानको इस्लामिक कानूनको कडा व्याख्या भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दू राष्ट्रवादी सरकारका दृष्टिमा वैचारिक रूपमा असङ्गत देखिए पनि भारतले यस अवस्थालाई कूटनीतिक अवसरका रूपमा लिन खोजिरहेको छ ।

दक्षिण एसियामा भारत र पाकिस्तानबीच लामो समयदेखि कायम रहेको अविश्वासले क्षेत्रीय सम्बन्धमा गहिरो प्रभाव पारेको छ । विश्लेषकहरूको भनाइमा नयाँदिल्ली इस्लामाबाद र काबुलबीचको दूरीको फाइदा उठाउँदै आफ्नो रणनीतिक उपस्थितिलाई सुदृढ बनाउने प्रयासमा छ ।

पाकिस्तानी विश्लेषक वाहिद फकिरीले मुत्ताकीको भ्रमणलाई ‘उल्लेखनीय विकास’ बताउँदै भने, ‘यो भ्रमण तालिवान र पाकिस्तानबीच बढ्दो तनावको पृष्ठभूमिमा आएको हो ।’

इस्लामाबादले अफगानिस्तानलाई पाकिस्तानी भूमिमा आक्रमण गर्ने आतङ्ककारी समूहहरूलाई निष्कासन गर्न असफल भएको आरोप लगाउँदै आएको छ । उक्त आरोपलाई काबुलले अस्वीकार गरेको छ ।

हालै मे महिनामा भारत र पाकिस्तानबीच छोटो तर घातक सीमावर्ती भिडन्त भएको थियो । यसलाई दशकौँको सबैभन्दा गम्भीर सैन्य तनावका रूपमा लिइएको छ ।

फकिरीले भने, ‘यो भ्रमणले पाकिस्तानलाई निश्चित रूपमा असहज बनाउनेछ र उसको शंका बढाउनेछ । तर यसले भारतको अफगानिस्तानभित्रको उपस्थितिलाई बलियो बनाउनेछ र सम्भवतः तालिबान र पाकिस्तानबीचको दूरी अझ बढाउनेछ ।’

मुत्ताकीको यो भ्रमणले दक्षिण एसियाली कूटनीतिक परिदृश्यमा नयाँ सन्तुलन र प्रतिस्पर्धाको चरण आरम्भ गरेको कूटनीतिक वृत्तको मूल्यांकन छ ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  १२ : ४९ बजे

त्रिवि क्रिकेट रंगशाला अनुगमनमा पुगे मन्त्री कुलमान (तस्बिरहरू)

काठमाडौं– सहरी विकासमन्त्री कुलमान घिसिङले कीर्तिपुरस्थित निर्माणाधीन क्रिकेट रंगशालाको अनुगमन

एमाले गर्जनको सेयरबजारमा नकारात्मक प्रभाव, सर्किट लागेको नेप्से २२ अंकमा सीमित

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा भक्तपुरको गुन्डुबाट एमालेले गरेको गर्जनको

पर्सा र बारामा हैजाविरुद्धको खोप दिइने

काठमाडौं– पर्सा र बारामा हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको

भारतमा औषधि प्रकरण : २१ बालबालिकाको मृत्युमा औषधि कम्पनीका मालिक पक्राउ

एजेन्सी – भारतीय प्रहरीले २१ बालबालिकाको मृत्युमा संलग्न औषधि कम्पनीका

हुलाकको सार्थकता घटेको छैन  : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बदलिँदो विश्वव्यापी परिवेशमा